मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मेडिकल ब्यवसायी प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

मेडिकल ब्यवसायी प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

images
२०८३ जेठ ५ गते, मंगलवार
२०८३ जेठ ५ गते, मंगलवार
  • काठमाडौं। मेडिकल ब्यवसायी दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

    images

    प्रसाईंलाई प्रहरीले सोमबार बिरगंजस्थित दियालो होटलबाट पक्राउ गरेको थियो। उनलाई प्रहरीले मंगलबार म्याद थपका लागि जिल्ला अदालत पर्सामा उपस्थित गराएको थियो।

    images

    प्रसाईंलाई विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकृतले जानकारी दिए।

    प्रसाई सोमबार बिरगंजको गहवा माई मन्दिर दर्शन गर्न र त्यहाँ संरचना भत्काइएका मानिसहरुलाई सम्बोधन गर्न बिरगंज पुगेका थिए।

    प्रहरीले उनले सामाजिक सञ्जालमा अपशब्द बोलेको आरोपमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend