मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

लाखौँ मूल्यका जडीबुटी प्रशोधन प्लान्ट अलपत्र

लाखौँ मूल्यका जडीबुटी प्रशोधन प्लान्ट अलपत्र

images
२०८३ जेठ ५ गते, मंगलवार
२०८३ जेठ ५ गते, मंगलवार
  • कंचनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएका लाखौँ रुपैयाँ मूल्यका जडीबुटी प्रशोधन प्लान्ट अलपत्र परेको छ।

    images

    स्थानीयको आयआर्जन बढाउने उद्देश्यसहित दातृ निकायको सहयोगमा शुक्लाफाँटा नगरपालिका–६ को कसरौल ७ जुडा र वडा नं ८ बेलडाँडीमा स्थापना गरिएका 
    जडीबुटी प्रशोधन प्लान्ट अलपत्र अवस्थामा छन्। ती प्लान्ट लाखौँ रुपैयाँ मूल्य पर्छन्।

    images

    मध्यवर्ती क्षेत्रका किसानले जडीबुटी खेती गर्न छाडेपछि प्लान्टसँगै जडीबुटी सुकाउन बनाइएका सेड हाउससमेत जीर्ण अवस्थामा पुगेको छ।

    मानव–वन्यजन्तु द्वन्द्व कम गर्दै निकुञ्ज आसपासका बासिन्दालाई वैकल्पिक आयआर्जनमा जोड्ने उद्देश्यले जडीबुटी खेती प्रवर्द्धन गर्न भन्दै प्लान्ट जडान गरिएको थियो भने प्लान्ट राख्ने टहरासँगै दातृ निकायले जडीबुटी सुकाउन सेड हाउससमेत निर्माण गरिदिएको थियो।

    मध्यवर्ती क्षेत्रको सुनदेवी उपभोक्ता समूहका अध्यक्ष भरतबहादुर विष्टले प्लान्ट स्थापनापछि स्थानीयले जडीबुटी खेती गरी तेल उत्पादन गरेर राम्रो आम्दानी गर्न थाले पनि वजार मूल्य नहुँदा किसान निराश भएको बताए।

    उनका अनुसार वन्यजन्तुले नोक्सान नगर्ने भएकाले क्यामामाइल, मेन्थालगायत जडीबुटी खेतीलाई प्रोत्साहन गरिएको थियो। सुरुआती वर्षमा किसानले उत्पादित क्यामामाइल र मेन्था तेल प्रतिलिटर रु २५ हजारदेखि रु ४० हजारसम्ममा बिक्री भएको थियो।

    तेल किन्न व्यापारीहरु घरमै आएर नगद रकम प्राप्त गरेपछि किसान उत्साहित हुँदै खेती विस्तारमा समेत लागेका थिए। तर बजार मूल्य लगातार घट्दै गएपछि किसान अहिले निराश छन्।

    `हाल तेलको मूल्य किसानले कम पाउन थाले, व्यापारीले प्रतिलिटर रु १० हजारबाट घटाउँदै अहिले पाँच हजार रुपैयाँसम्म दिन थाले, तेस्रो वर्षमा त तेल किन्ने व्यापारी नै भेटिन छाडे, लागतसमेत नउठ्ने अवस्था आएपछि खेती छाड्न बाध्य भयौँ।´ स्थानीय किसान जनक साउदले भने।

    अर्का किसान जयबहादुर ऐरका अनुसार उचित मूल्य नपाएपछि प्रशोधित तेल एक वर्षसम्म घरमै थन्क्याएर राख्नुपरेको थियो।

    `एकपटक नेपालगञ्ज पुर्‍याएर निकै सस्तो मूल्यमा बेचेर फर्किनुपर्‍यो।´ उनले सुनाए।

    बजार व्यवस्थापन नहुँदा किसानले जडीबुटी खेती छाडेपछि लाखौँ मूल्यका प्रशोधन प्लान्ट प्रयोगविहीन बन्ने अवस्था आएको हो। एउटा प्रशोधन प्लान्टको मूल्य रु सात बढी पर्छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend