मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

माउन्टेन ड्युको बिक्रीमा रोक, ब्याच नं. १६८ कहाँ पुग्यो?

माउन्टेन ड्युको बिक्रीमा रोक, ब्याच नं. १६८ कहाँ पुग्यो?

images
२०८३ जेठ १ गते, शुक्रवार
२०८३ जेठ १ गते, शुक्रवार
  • काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वरुण बेभरेज (नेपाल) प्रालिको उत्पादन `माउन्टेन ड्यु´ को बिक्रीमा रोक लगाएको छ।

    images

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँको पेप्सीकोलास्थित वरुण बेभरेज प्रालिद्वारा उत्पादित ब्याच नं. १६८ को पेयपदार्थमा कैफियत देखिएको आशङ्कामा बिक्रीवितरणमा रोक लगाएको हो।

    images

    विभागको टोलीले आकस्मिक अनुगमनमा उक्त ब्याचको पेयपदार्थमा कैफियत देखिएको आशङ्का गरेको छ। काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक उपभोक्ताले माउन्टेन ड्यु सेवन गर्दा बान्ता भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभागको द्रुत प्रतिकार्य टोलीले उक्त उद्योगमा तत्काल निरीक्षण गरेको थियो।

    अनुगमनका क्रममा उपभोक्ताले सेवन गरेको ब्याच नं. १६८ (मिति : ०३/०४/२६) को २५० मिमी प्याकका उत्पादनमध्ये उद्योगको गोदाममा एक क्रेट मात्र फेला परेको थियो। बाँकी उत्पादन भने डिलरमार्फत बजारमा पठाइसकिएको पाइएको विभागले जनाएको छ।

    अनुगमनका क्रममा उक्त ब्याचको उत्पादनमा प्रयोग भएको कच्चा पदार्थको विस्तृत विवरण र खाद्य स्वच्छतासम्बन्धी अभिलेख पाँच दिनभित्र विभागमा पेस गर्न सम्बन्धित उद्योगलाई निर्देशन दिईएको विभागका निर्देशक डा. बालकुमारी शर्माले जानकारी दिइन्।

    उनका अनुसार प्रयोगशालाको विश्लेषण प्रतिवेदन प्राप्त नभएसम्म उक्त ब्याचका पेयपदार्थ बिक्रीवितरण नगर्न उद्योग र सम्बन्धित डिलरलाई निर्देशन गरिएको छ।

    अनुगमन टोलीले उक्त उद्योगमा शङ्कास्पद ब्याचको नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाइएको जनाएको छ।

    उपभोग्य मिति कायम रहेका कच्चा पदार्थ प्रयोग भएको देखिए पनि गुणस्तरको यकिन प्रयोगशाला प्रतिवेदन आएपछि मात्र हुने विभागका निर्देशक शर्माले जानकारी दिइन्।

    दुई फर्मलाई जरिबाना

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा सञ्चालित दुई वटा व्यावसायिक फर्मलाई जरिबाना गरेको छ।

    विभागले बजारमा वस्तुको मूल्यमा पारदर्शिता कायम गर्ने उद्देश्य अनुरूप बिहीबार उपत्यका र उपत्यकाबाहिर वीरगन्जमा गरी ३४ वटा व्यवसायी फर्मको अनुगमन गरेकोमा दुई फर्मलाई जरिबाना गरेको हो ।

    विभागका अनुसार काठमाडौँ महानगरपालिका सुन्धारामा रहेको बोस सुज इन्डस्ट्रिज प्रालिलाई ५० हजार रुपियाँ जरिबाना गरेको छ।

    यसैगरी विभागको अनुगमन टोलीले टोखा नगरपालिका–धापासीस्थित केआर इन्टरप्राइजेजलाई पाँच हजार रुपियाँ जरिबाना गरेको छ।

    उक्त फर्मले सामान बेच्दा बिलबीजक नदिएको पाइएपछि जरिबाना गरिएको हो। अनुगमनमा विभागले अन्य ३२ वटा फर्मलाई सुधार गर्ने निर्देशन दिएको छ। विभागको नेतृत्वमा वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म बजारमा वस्तुको मूल्यमा पारदर्शिता सप्ताह मनाउन लागेको हो। विभागका निर्देशक नरहरि तिवारीले बजारमा स्वच्छ प्रतिस्पर्धा कायम गर्न र उपभोक्ताको हित संरक्षण गर्न मूल्यमा पारदर्शिता हुनु अनिवार्य सर्त रहेको बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend