मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

छात्रवृत्तिका लागि काठमाडौँ महानगरभित्र जेठ १ गतेदेखि आवेदन दिन सकिने

छात्रवृत्तिका लागि काठमाडौँ महानगरभित्र जेठ १ गतेदेखि आवेदन दिन सकिने

images
२०८३ बैशाख ३० गते, बुधवार
२०८३ बैशाख ३० गते, बुधवार
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणाली मार्फत छात्रवृत्ति आवेदन मागेको छ।

    images

    महानगरपालिकाले जेठ १ गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्ने भएको हो। त्यसका लागि महानगरपालिकाले बुधबार सूचना प्रकाशित गरेको छ।

    images

    सूचना अनुसार महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३–०८४ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएको हो।

    महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ।

    अनलाइन आवेदनका लागि जेठ १० गतेसम्को मिति निर्धारण गरिएको छ। छात्रवृत्तिका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने बताइएको छ।

    सूचनामा विषयहरूको अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइटमा रहेको सूचनामा भनिएको छ।

    यस्तो छ तालिका :

    १) अनलाइन आवेदन फाराम भर्न सुरु हुने मिति
    : २०८३ जेठ १ गते बिहान १०:०० बजेदेखि

    २) अनलाइन आवेदन फाराम भर्ने अन्तिम मिति
    : २०८३ जेठ १० गते राति ११:५९ बजेसम्म

    ३) छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने मिति
    : २०८३ जेठ १७ गते बिहान ०८:०० बजेदेखि १०:०० बजेसम्म

    ४) परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र
    : माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend