मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एसईईमा काठमाडौँ महानगरका ४ वटा विद्यालयले ल्याए शतप्रतिशत नतिजा

एसईईमा काठमाडौँ महानगरका ४ वटा विद्यालयले ल्याए शतप्रतिशत नतिजा

images
२०८३ बैशाख २९ गते, मंगलवार
२०८३ बैशाख २९ गते, मंगलवार
  • काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा काठमाडौँ महानगरपालिकाभित्रका ४ वटा सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन्।

    images

    एसईई नतिजा अनुसार महानगर भित्रका सामुदायिक विद्यालयबाट ३ हजार १९८ जना (७६.७५ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन्। परीक्षामा सामेल ६० वटा विद्यालयमध्ये केन्द्रीय वहिरा माध्यमिक विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, बाल व्यवसायी माध्यमिक विद्यालय र बाल सेवा माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका हुन्।

    images

    परीक्षामा सहभागी ४ हजार १६७ जना विद्यार्थीमध्ये ४ जीपीए प्राप्त गर्ने २८ जना विद्यार्थी छन्। उनीहरुमध्ये ज्ञानोदय माध्यमिक विद्यालयका २१ जना, तरुण मा. वि. का १ जना, शिवपुरी मा. वि. का १ जना, विश्व निकेतन मा. वि. का ३ जना र रत्नराज्य मा. वि. का २ जना विद्यार्थी छन्। गएको वर्ष १७ जनाले ४ जीपीए प्राप्त गरेका थिए।

    गत वर्ष ४ हजार ८५ जना परीक्षार्थीमध्ये ३ हजार १०९ जना (७६.०८ प्रतिशत) ग्रेडेड थिए। यस वर्ष ८२ जना वढी विद्यार्थी परीक्षामा सहभागी भएका थिए। गत वर्षभन्दा यो वर्ष ०.६७ प्रतिशत बढी विद्यार्थी ग्रेडेड भएका हुन्। उनीहरुमध्ये ३.६ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ५४३ जना छ। ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार ४ जना, २.८ देखि ३.२ जीपीए ल्याउने १ हजार १५३ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४६९ जना, २.० देखि २.४ जीपीए ल्याउने १४ जना छन्।

    यसमा गएको वर्ष क्रमशः ७७४ जना, १ हजार १५६ जना, ९०२ जना, २४६ जना र १४ जना थियो। यो नतिजा हेर्दा यसरी हेर्दा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीको संख्या वृद्धि भइरहेको र तल्लो तहको जीपीए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या घट्दै गएको छ। यो नतिजा सुधारका कोणबाट सकारात्मक सुधार हो।

    गएको वर्ष ९७६ जना ननग्रेडेड थिए। यस वर्ष ९६९ जना ननग्रेडेड छन्। परीक्षामा देखिएको यो नतिजालाई शिक्षा विभागले सुक्ष्म विश्लेषण गरेर सुधारलाई प्रोत्साहन र नियमित नकारात्मक नतिजा प्राप्त गर्ने विद्यालयलाई नकारात्मक सूचीमा राखिने शिक्षा अधिकारी नमराज ढकालको भनाइ छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend