मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वर्षाका कारण कहाँकहाँ छन् मुख्य राजमार्ग अबरुद्ध?

वर्षाका कारण कहाँकहाँ छन् मुख्य राजमार्ग अबरुद्ध?

images
२०८३ बैशाख २७ गते, आइतवार
२०८३ बैशाख २७ गते, आइतवार
  • काठमाडौँ। वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरु अबरुद्ध भएको छ।

    images

    देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका हुन्। प्रहरीका अनुसार केही राजमार्ग पुर्णरुपमा अबरुद्ध छ भने केही एकतर्फी अबरुद्ध भएको छ।

    images

    उदयपुरस्थित कटारी नगरपालिका–१४, दलदलेमा असार २६ गते आएको बाढीका कारण सिद्धिचरण लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

    यस्तै काभ्रेपलाञ्चोक खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्ड साँझ ५:०० बजेदेखि भोलिपल्ट बिहान ५:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

    यसैगरी ललितपुरको बागमती गाउँपालिका–३ छपेलीस्थित कान्तिलोकपथ असार २५ गतेदेखि एकतर्फी रुपमा सञ्चालन हुँदै आएको छ।

    यस्तै तनहुँको आँबुखैरेनी–४ डम्पिङस्थित पृथ्वी राजमार्ग पनि एकतर्फी सुचारु छ भने लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित सडक खण्डहरू पनि एकतर्फी संचालनमा छ।

    भोजपुरको बोखिमस्थित मध्य पहाडी लोकमार्ग र संखुवासभाको मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्गमा पनि एकतर्फी सवारी आवागमन भइरहेको प्रहरीले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend