काठमाडौँ। प्रहरीले काठमाडौं र ललितपुरका मसाज सेन्टरबाट २५८ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई अनैतिक कृयाकलाप गरेको आरोपमा पक्राउ गरेको हो।
टोलीले आइतबार ५७ वटा मसाज सेन्टरमा छापा मारेको हो। ती मसाज सेन्टरबाट प्रहरीले २४० महिला र १८ जना पुरूष गरी २५८ लाई नियन्त्रणमा लिएको जनाएको छ।
मसाज सेन्टरको नाममा अनैतिक कृयाकलाप गर्ने, विदेशी नागरिकलाई ठगी गर्ने, दर्ता नगरी चलाइएको गुनासो बढेपछि प्रहरीले ती सेन्टरमा छापा हानेको हो।
प्रहरीले ठमेल, बौद्ध र ललितपुरका विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।



