मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँ महानगरको पहल : होल्डिङ सेन्टरका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा

काठमाडौँ महानगरको पहल : होल्डिङ सेन्टरका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा

images
२०८३ बैशाख २० गते, आइतवार
२०८३ बैशाख २० गते, आइतवार
  • काठमाडौँ। राधास्वामी सत्संत व्यास आश्रममा सञ्चालित होल्डिङ् सेन्टरमा भएका बालबालिकाहरुलाई संस्थागत विद्यालयहरुमा आवासीय सुविधासहित निःशुल्क नियमित अध्ययनको व्यवस्थाका लागि काठमाडौँ महानगरपालिकाले पहल थालेको छ।

    images

    सो विषयमा आइतबार कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी तथा संस्थागत विद्यालयका संघसंगठनका पदाधिकारीहरुसँग छलफल गरेकी हुन्। राष्ट्रिय सभा गृहमा भएको छलफलमा प्याब्सन र एनप्यासनका केन्द्रीय, जिल्ला र महानगर स्तरीय समितिका पदाधिकारी सहभागी थिर।

    images

    ‘नदी किनाराका अव्यवस्थित बस्ती खाली गर्ने क्रममा अहिले कीर्तिपुर स्थित राधास्वामी सत्संग आश्रममा रहेका बालबालिकाहरुलाई आवास सुविधा सहित निःशुल्क अध्ययन गराउन हामीले यस्तो सुविधा भएका निजी तथा संस्थागत विद्यालयहरुबाट सहयोगको अपेक्षा गरेका छौँ।’ छलफलमा कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘मलाई थाहा छ। तपाईँहरुले यावत प्रश्न छन्। हामीसँग ती प्रश्नहरुको जवाफ खोजीरहनु भएको छ। हामी ती प्रश्नको जवाफ दिन्छौँ। तर, अहिले प्रश्नभन्दा माथि उठेर काम गर्नु पर्ने बेला हो । अव्यवस्थित बस्तीबाट होल्डिङ सेन्टरमा राखिएका बालबालिकाहरुको शिक्षाका लागि हामी सबैले मिलेर काम गरौँ। उनीहरुलाई नियमित विद्यालय जाने अवसर प्रदान गरौँ। हामी मिलौँ र बालबालिकाको सर्वोत्तम हितमा काम गरौँ।’

    संस्थागत सामाजिक उत्तरदायित्व र मानवताका दृष्टिले सहकार्य अगाडि बढाउन कार्यवाहक प्रमुखको अनुरोध थियो।

    उनको प्रस्तावमा प्याव्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, एनप्याब्सनका अध्यक्ष सुवास न्यौपाने, प्याव्सनका महासचिव आ. वि. कटुवाल, एनप्याब्सनका महासचिव प्रकाश खड्काले वर्तमान अवस्थामा महानगरपालिकाले बालबालिकाको शिक्षाका लागि सहकार्यका लागि अघि सारेको तत्परताले आफूहरुलाई पनि जिम्मेवार बोध गराएको उल्लेख गरे।

    छलफलमा काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्ट, उपाध्यक्ष सूर्य भण्डारी, काठमाडौँका जिल्ला अध्यक्ष अमृत खड्का, काठमाडौँ महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐर, एनप्याब्सन महानगर समितिका अध्यक्ष नवराज पाण्डे सहभागी थिए।

    कार्यवाहक प्रमुखको प्रस्तावका विषयमा प्याब्सन र एनप्याब्सनको बैठक बसेर आफूहरुले पूरा गर्नु पर्ने दायित्वका विषयमा महानगरपालिकालाई खबर गर्ने अधिकारीहरुले जनाएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend