मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बल्खु र वंशीघाट क्षेत्रमा ६८६ वटा संरचना भत्काइँदै

बल्खु र वंशीघाट क्षेत्रमा ६८६ वटा संरचना भत्काइँदै

images
२०८३ बैशाख १८ गते, शुक्रवार
२०८३ बैशाख १८ गते, शुक्रवार
  • काठमाडौँ। सरकारले बागमती र त्यसका सहायक नदी किनारका अत्यन्तै जोखिमपूर्ण बस्ती हटाउने अभियानअन्तर्गत आज वैशाख १९ गते बल्खु र वंशीघाट क्षेत्रमा विशेष कार्य अगाडि बढाएको छ। 

    images

    सम्बन्धित निकायहरूको आपसी समन्वयमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यस कार्यलाई अघि बढाएको हो।

    images

    यस अभियानमा आज कुल ६८६ वटा संरचना हटाउने लक्ष्य राखिएको छ। जसअनुसार बल्खु क्षेत्रका ४८६ टहरा र वंशीघाट क्षेत्रका २०० वटा संरचनाहरूमा डोजर प्रयोग गरी खाली गराउन सुरु गरिएको छ। 

    बर्खायाममा आउने बाढी र डुबानबाट हुनसक्ने ठुलो मानवीय र भौतिक क्षतिलाई रोक्दै नागरिकको जीउधनको रक्षा गर्न सरकारले यो कदमलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालए जनाएको छ।

    ​यसपछिको योजनाका सम्बन्धमा सरकारले स्पष्ट पार्दै अब क्रमशः शङ्खमूललगायत अन्य माथिल्लो तटीय (अपस्ट्रिम) क्षेत्रमा रहेका  संरचनाहरू हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ। 

    बाँकी क्षेत्रमा रहेका सुकुम्बासीहरूको हकमा भने उनीहरूको वास्तविक पहिचान र सुरक्षित व्यवस्थापनको ठोस खाका तयार भएपछि मात्र जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढाइने सरकारले स्पष्ट पारिसकेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend