मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँका अतिक्रमित सरकारी जग्गामा फेरी चल्यो डोजर

काठमाडौँका अतिक्रमित सरकारी जग्गामा फेरी चल्यो डोजर

images
२०८३ बैशाख १८ गते, शुक्रवार
२०८३ बैशाख १८ गते, शुक्रवार
  • काठमाडौँ। सरकारले आज बिहानै बाट काठमाडौंका विभिन्न स्थानमा अतिक्रमित सरकारी जग्गामा डोजर चलाउन सुरु गरेको छ।

    images

    शुक्रबार विहानै बल्खुमा अतिक्रमित संरचना भत्काउन डोजर पुगिसकेको छ भने बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। सरकारले अतिक्रमित संरचना भत्काउने भन्दै पुर्व सूचना दिएपछि अहिले विभिन्न सुकुम्बासी बस्तीमा बसोबास गर्ने सर्वसाधारणले धमाधम आफ्ना सामान सारिरहेका छन्।

    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै नदी किनाराका सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन तथा त्यहाँबाट आ आफ्ना सामान सार्न सूचना जारी गरेको थियो।

    सरकारले बंशीघाट शंखमुल, बुद्धनगर, बल्खु, कुलेश्वर क्षेत्र, कपन, बसुन्धारा क्षेत्रमा अतिक्रमित जग्गा खालि गर्ने तयारी गरेको छ।

    त्यस्तै, गोंगबु, बालाजु, माछापोखरी लगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाबाट पनि स्थानीयले सामान सारिरहेका छन्। यी क्षेत्रमा काठमाडौं महानगरको प्रहरीले सामान सार्न माइकिङ गरिरहेको छ।

    सरकारले गत साता थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुम्बासी बस्ती खाली गराएको थियो। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend