मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

५ दिनमा ४८ जनालाई भूसेवा प्रदान : १९ जनालाई प्रमाण पूर्जा

५ दिनमा ४८ जनालाई भूसेवा प्रदान : १९ जनालाई प्रमाण पूर्जा

images
२०८३ बैशाख १७ गते, बिहिवार
२०८३ बैशाख १७ गते, बिहिवार
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा भूमि प्रशासन सेवा केन्द्रबाट १५ दिनमा ५४ जनालाई सेवा प्रदान गरिएको छ।

    images

    २०८२ चैत १२ गते मालपोत कार्यालय चावहिल, डिल्लीबजार र कलंकीसँग सम्झौता गरेर २०८३ वैशाख २ गतेबाट नमूनामा रुपमा सेवा थालिएका वडा नं. ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट यो सेवा प्रदान गरिएको हो।

    images

    प्रदान गरिएका सेवामध्ये सबैभन्दा धेरै २१ जनाको स्वामित्व परिवर्तनको भएको छ। भूसेवा केन्द्र तथा भूसूचना प्रणाली कार्यक्रमका फोकल पर्सन अशोक श्रेष्ठका अनुुसार यस्तै १९ जनालाई प्रमाण पूर्जा प्रदान गरिएको छ। यसमा सगोलनामाको लिखत पारित, मृत्युपछिको नामसारी, राजीनामा लिखत पारित, छोडपत्र लिखत पारित, हालैदेखिको लिखत पारित, रैकर जग्गा दर्ता जस्ता सेवा प्रदान भएका छन्।

    महानगरपालिकाले यस अघि चारकिल्ला सिफारिस, घरबाटो सिफारिस जस्ता सेवा दिँदै आएको थियो। यो सेवा प्रारम्भ भएपछि भूमिको स्वामित्व तथा हक सम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा शिफारिस, कर तथा राजस्व सम्बन्धी सेवा कार्यक्रम सञ्चालन भएका वडाबाटै प्राप्त हुनेछन्।

    नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनु पर्ने राजस्व वडा कार्यालयबाट लिने व्यवस्था, सेवाग्राहीको पहिचानका सुनिश्चित गर्न वायोमेट्रिक विवरण संकलन गर्ने व्यवस्था, बैंकमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रियामा सिफारिस र अभिलेख व्यवस्थापनको काम पनि वडाबाटै हुनेछ। 

    यस प्रक्रियामा वडाले नामसारी निवेदन र मुलुकी देवानी संहिता, २०७४ बमोजिम पारित हुने लिखतमा आफ्नो रोहवरमा कारणीको ल्याप्चे सही छाप, दस्तखत तथा सनाखत गराएर थप प्रक्रियाका लागि मालपोत पठाउनेछ। जग्गाधनी संकेत नम्बर कायम भएका र ससिम कित्ताको कारोबारका लागि मात्र लिखत र नामसारी निवेदन तयार गर्नेछ। जग्गाधनी संकेत नम्बर कायम नभएका जग्गाधनीको हकमा जग्गाधनी विवरण अद्यावधिकका लागि मालपोत कार्यालयमा पठाउनेछ।

    नेपालको संविधानले भूप्रशासनको काम स्थानीय तहलाई दिएको छ। यसअघि पूर्वाधार र जनशक्ति तयार नभएकोले यो काम संघ सरकारबाटै हुँदै आएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend