मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मनोहरा सुकुम्वासी बस्तीका ८१० घरटहरा भत्काइयो

मनोहरा सुकुम्वासी बस्तीका ८१० घरटहरा भत्काइयो

images
२०८३ बैशाख १५ गते, मंगलवार
२०८३ बैशाख १५ गते, मंगलवार
  • काठमाडौँ। सरकारले अतिक्रमण गरेर बनाइएका संरचना भत्काउने अभियान अन्तर्गत मनोहरा खोला किनारका ८१० वटा घरटहरा भत्काएको छ।

    images

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली जडीबुटीस्थित मनोहरा खोला किनारमा सुकुम्बासीहरुले बनाएका ८१० वटा घरटहरा भत्काइएको भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।

    images

    सो स्थानका संरचना भत्काउन सोमबार २४ वटा जेसिबी प्रयोग गरिएको थियो। त्यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुम्वासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको हो।

    केही सुकुम्बासी भने आफैँ घर खाली गरेर त्यहाबाट सामान बोकेर हिडेका थिए भने केहीलाई प्रहरीले सामान सार्न सघाएको थियो। शनिबार साँझ भने संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुङ्गामुढा भएको थियो।

    सुकुम्वासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइतेसमेत भएका थिए। आइतबार बिहान भने ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो। 

    आइतबार र सोमबार  शान्तिपूर्ण रूपमा सुकुम्वासी बस्ती खाली गराउने काम भएको प्रहरीले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend