काठमाडौँ। सुकुम्बासी वस्ती खाली गराउने क्रममा होल्डिङ सेन्टर सारिएका बालबालिकालाई मनोसामाजिक असर न्यूनीकरण गर्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने भएको छ।
काठमाडौँ महानगरपालिकाले होल्डिङ सेन्टरमा राखिएका बालबालिकालाई मनोसामाजिक असरबाट बचाउन मनोरञ्जनात्मक कार्यक्रम गरिने जनाएको हो।
`अव्यवस्थित बस्तीबाट होल्डिङ् सेन्टरमा लगिएका बालबालिकामा पर्न सक्ने मनोसामाजिक असर न्यूनीकरण गर्न भोलिदेखि महानगरपालिकाले उनीहरुका लागि खेल तथा मनोरञ्जनात्मक कार्यक्रम गर्नेछ। यो कार्यक्रम सामाजिक विकास विभाग अन्तर्गत हुनेछ।´ काठमाडौँ महानगरले भनेको छ।
सरकारले काठमाडौ उपत्यकाका थापाथली, सिनामंगलस्थित सुकुम्बासी वस्ती र भक्तपुरको मनोहरा खोलामा घरटहरा भत्काउने क्रममा केहीलाई होल्डिङ सेन्टरमा राखेको छ। यसरी राखिनेमा उनीहरूका बालबालिका पनि छन्।



