मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

ब्यवसायी अग्रवालको प्रश्न : मन्त्रीहरुको सम्पत्ति कहाँबाट आयो, लेखाजोखा कसले गर्ने?

ब्यवसायी अग्रवालको प्रश्न : मन्त्रीहरुको सम्पत्ति कहाँबाट आयो, लेखाजोखा कसले गर्ने?

images
२०८३ बैशाख १२ गते, शनिवार
२०८३ बैशाख १२ गते, शनिवार
  • चितवन। उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका जिल्ला नगर उपाध्यक्ष कृष्ण कुमार अग्रवालले ब्यवसायीलाई बिनाकारण पक्राउ गर्ने र तर्साउने काम बन्द गर्न सरकारसँग आग्रह गरेका छन्।

    images

    नेपाल मोबाइल ब्यवसायी महासंघ बागमती प्रदेशको तेस्रो वार्षिक साधारणसभालाई शनिबार चितवनको सौराहामा सम्बोधन गर्दै उनले पुस्तौं पुस्ता ब्यवसाय गरेका ब्यवसायीहरुलाई सरकारले बिनाकारण पक्राउ गरेर सिंगो ब्यवसायीजगतलाई तर्साउने काम गरिरहेको बताए। उनले ब्यवसायीको सम्पत्ति खोज्ने सरकारले नेता र मन्त्रीको पनि सम्पत्तिको स्रोत खोज्ने तर्फ ध्यान दिनु पर्ने पनि बताए।

    images

    `ब्यवसायीले व्यापार गरेर गाडी चढ्दा गाडी कहाँबाट चड्यो भनेर खोजिन्छ, मन्त्री र नेताहरुले चडेको खोजिंदैन, सम्पत्ति विवरण त आउँछ, मन्त्रीहरुको सम्पत्ति कहाँबाट आयो? लेखाजोखा कसले गर्ने? विगत देखिको खोजी कसले गर्ने?´ अग्रवालले भने।

    उनले पुस्तौं पुस्ता ब्यवसाय गरेका ब्यवसायीलाई जेल हालिएको अवस्था प्रति गुनासो गर्दै भने, `ब्यवसाय गरेर कमाउँदा जेल जानू पर्ने?, सोधपुछ गर्नकै लागि भित्र हाल्ने होइन, बाहिरै राखेरै पनि सोधपुछ गर्न सकिन्छ, भित्र लगेर सोधपुछ गर्दा ब्यवसायीको मनोबल गिराउने काम भइरहेको छ।´

    अग्रवालले अहिलेको सरकारसँग जनता र ब्यवसायी सबैको आशा र अपेक्षा रहेको भन्दै गलत गर्नेहरूलाई भने सरकारले कार्वाहीको दायरामा ल्याइनु पर्ने बताए।

    `अहिले ब्यवसायीलाई तर्साउने काम भइरहेको छ। अहिलेको सरकारसँग हरेक जनताको अपेक्षा छ, हरेक ब्यवसायीको अपेक्षा छ। गलत काम गर्नेलाई कार्वाही होस्, तर सिंगो ब्यवसायी जगतलाई तर्साउने काम बन्द होस।´

    उनले ब्यवसायीहरुका बिचमा पनि आफुआफु भित्र खुट्टा तान्ने काम भइरहेको भन्दै उनले एकअर्काको खुट्टा तान्ने काम बन्द गर्न पनि ब्यवसायीहरुलाई आग्रह गरे। उनले ब्यवसायलाई प्रतिस्पर्धात्मक बनाउन भने सबै ब्यवसायीमा आग्रह गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend