मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वयम्भू क्षेत्रबाट ३ जना सडक सहयोगापेक्षीको उद्धार

स्वयम्भू क्षेत्रबाट ३ जना सडक सहयोगापेक्षीको उद्धार

images
२०८३ बैशाख ७ गते, सोमवार
२०८३ बैशाख ७ गते, सोमवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्वयम्भू क्षेत्रबाट ३ जना सडक सहयोगापेक्षीहरुको उद्धार गरेर मानव सेवा आश्रममा पुर्याएको छ।

    images

    यसरी उद्धार भएका व्यक्तिमध्ये ४४ वर्षिया महिलाको ठेगाना खुलेको छैन भने स्वास्थ्य अवस्था सामान्य छ। उद्धार गरिएका अर्का ब्यक्ति ७० वर्षका पुरुष छन्। उनको ठेगाना लमजुङ हो भने उनको अवस्था पनि सामान्य नै छ। यसैगरी अर्का उद्धार गरिएका ५५ वर्षका पुरुषको घर नुवाकोट रहेको बताइएको छ।

    images

    काठमाडौँलाई सडक सहयोगापेक्षी मानव मुक्त बनाउने कार्यक्रम अन्तर्गत अहिले काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरी र मानव सेवा आश्रमसँगको सहकार्यमा सडक सेवा अन्तर्गत सडकमा वेसहारा जीवन विताइरहेका व्यक्तिहरुको उद्धार गरिरहेको छ।

    उद्धार कार्यमा माग्न बसेका कतिपय व्यक्तिहरु भने उद्धारकर्ताको आँखा छलेर दायाँवायाँ लाग्ने गरेका भेटिन्छन्। त्यस्ता व्यक्तिहरु सहयोगापेक्षी नभएको र उनीहरुले माग्ने कामलाई पेशा बनाएको महानगरपालिकाले जनाएको छ।

    सार्वजनिक चोक, गल्ली, पार्क, सम्पदा स्थल तथा मानिसहरुको बाक्लो आवतजावत हुने ठाउँमा विभिन्न उमेर समूह, लिङ्ग र अवस्थाका मानिसहरु पैसा मागिरहेको भेटिन्छन्। यसरी पैसा माग्नेहरुलाई मानवोचित व्यवस्थापन गरेर सडकलाई माग्ने व्यक्तिहरु मुक्त बनाउन उद्धार कार्य गरिएको महानगरपालिका बताउँछ।

    सडकमा रहेका व्यक्तिहरुको उद्धार गर्नु, स्क्रिनिङ गर्नु र अवस्थाका आधारमा पारिवारिक तथा सामाजिक पुनःस्थापना गर्नु वा आश्रममा आश्रय प्रदान गर्नु कार्यक्रमका मुख्य क्रियाकलाप रहेको छ।

    यसअघि पशुपति क्षेत्रबाट ६ जना, कालीमाटीबाट २ जना, टेकुबाट १ जनालाई महानगर प्रहरीले उद्धार गरिसकिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend