मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आजबाट ‘भेहिकल फ्री असन’

आजबाट ‘भेहिकल फ्री असन’

images
२०८३ बैशाख ५ गते, शनिवार
२०८३ बैशाख ५ गते, शनिवार
  • काठमाडौँ। काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गते अर्थात आजदेखि हरेक शनिवार सवारी साधन प्रवेश निषेध गरिएको छ।

    images

    असनमा सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने उद्देश्य सहित यो निर्णय भएको हो।

    images

    ‘असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो। यसको प्राचीन र सांस्कृतिक महत्व जोगाउनु हाम्रो दायित्व हो।’ काठमाडौ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्।

    उनले वडा कार्यालयको नेतृत्व, सरोकारवाला र साझेदारहरुको सहभागिता र स्थानीय अपनत्वमा यो कार्यक्रम प्रारम्भ गर्न थालिएको बताइन्।

    शनिबारका दिनका लागि आवागमन र स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ।

    ‘स्थानीय, संघसंस्था, क्लव तथा समुदायको साथमा वडाले कार्यक्रम अगाडि बढाएको हो ।’ वडाध्यक्ष योगेशकुमार खड्गीले भने, ‘कार्यक्रमले असन बजारको मौलिकतासँगै वायु प्रदुषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान गर्नेछ।’

    ‘भेहिकल  फ्री असन’ कार्यक्रम अन्तर्गत महानगरपालिकाको वडा नं. २७ वडा कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिवार सवारी साधन प्रवेशमा रोक लगाइनेछ। यस क्षेत्रबाट गन्तव्य जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ।

    यस क्षेत्रलाई सम्पदा मार्गका रुपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्धन गरिने महानगरपालिकाले जनाएको छ। कार्यक्रम अन्तर्गत  मौलिक सांस्कृतिक कार्यक्रम तथा सामाजिक क्रियाकलाप सञ्चालन गरिनेछ । यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend