मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भक्तपुरको तीनकुने मैदानमा महोत्सव, प्रमोद र दुर्गेशका साथ भोलि `वाइल्ड फायर´

भक्तपुरको तीनकुने मैदानमा महोत्सव, प्रमोद र दुर्गेशका साथ भोलि `वाइल्ड फायर´

images
२०८३ बैशाख ४ गते, शुक्रवार
२०८३ बैशाख ४ गते, शुक्रवार
  • भक्तपुर। भक्तपुरको तीनकुने मैदानमा भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव जारी छ।

    images

    महोत्सवमा भोली वैशाख ५ गते शनिबार गायक प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापाले सांगीतिक प्रस्तुति दिंदै छन्। महोत्सवका अवसरमा भोलि साँझ भक्तपुर वाइल्ड फायर नाइट हुन लागेको हो।

    images

    आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार, कन्सर्टमा `दुश्मन हेरेको हेर्यै´ लगायतका दर्जनौ चर्चित गीत गाएका थापाको प्रस्तुति रहने भएको छ। त्यसैगरी कन्सटमा खरेल एण्ड परम्परा ब्याण्डको विशेष प्रस्तुति रहनेछ।

    अध्यक्ष महतका अनुसार, दुर्गेध र प्रमोद खरेल पहिलो पटक एउटै कन्सर्टमा देखिने छन्। चर्चित जोडि एकै स्थानमा हेर्ने मौका भक्तपुर लगायतका स्थानीयवासीलाई उपलव्ध हुन लागेको अध्यक्ष महतले बताए। कन्सर्टमा खरेलले `झ्यालबाट हेर´लगायतका चर्चित गीत सुनाउने छन्।

    कन्सर्ट हेर्न चाहनेले खल्ती लगायतका एप्स प्रयोग गरी दुई सय ५० र पाँच सय रुपैयाँको टिकट लिन सक्ने व्यवस्था मिलाइएको अध्यक्ष महतको भनाई छ।

    विगत १२ वर्षदेखि आयोजना हुंदै आएको दशौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव करिव एक लाख दर्शकले अवलोकन गरिसकेका छन्। महोत्सव बैशाख ६ गतेसम्म चल्ने छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend