मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

२३ जना ‘अग्नि नियन्त्रक’ र १९ जना ‘हलुुका सवारी चालक’ पदमा पदपूर्ति गर्दै काठमाडौँ महानगरपालिका

२३ जना ‘अग्नि नियन्त्रक’ र १९ जना ‘हलुुका सवारी चालक’ पदमा पदपूर्ति गर्दै काठमाडौँ महानगरपालिका

images
२०८२ चैत्र ३० गते, सोमवार
२०८२ चैत्र ३० गते, सोमवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले २३ जना अग्नि नियन्त्रक र १९ जना हलुका सवारी चालकको पदपूर्ति गरिरहेको छ।

    images

    २०८२ कार्तिक २० गते सार्वजनिक सूचना प्रकाशन गरेपछि प्राप्त भएका आवेदकहरुको अहिले शारीरिक, तन्दुरुस्ती र सिप परीक्षण भइरहेको महानगरपालिकाले जनाएको छ।

    images

    हलुका सवारी चालकका लागि ४१७ जना आवेदकले फाराम भरेका छन्। उनीहरुमध्ये २ जना महिला छन्। उनीहरुमध्ये दैनिक २८ जना गरेर टेकुमा स्वास्थ्य परीक्षण र सिप परीक्षण भइरहेको पदपूर्ति समितिका संयोजक एवं प्रशासन विभागका प्रमुख महेश काफ्लेले जानकारी दिए। चैत २६ गतेदेखि सुरु भएको परीक्षण बैशाख ११ गतेसम्म सञ्चालन हुनेछ।

    अग्नि नियन्त्रक (फायर फाइटर) का लागि १२९ जनाको आवेदन परेको छ। उनीहरुमध्ये ४२ जनाको आवेदन स्वीकृत भएको छ। आज दशरथ रंगशालामा भएको प्रारम्भिक स्वास्थ्य परीक्षण र तन्दुरुस्तीमा ३४ जना उम्मेदवार उपस्थित थिए 

    पदपूर्ति समितिका संयोजक एवं प्रशासन विभागका प्रमुख महेश काफ्लेका अनुसार उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलसँग सहकार्य गरिएको छ।

    ‘हलुका सवारी चालकको परीक्षणको जिम्मेवारी ट्राफिक प्रहरीलाई र अग्नि नियन्त्रक परीक्षणको जिम्मेवारी सशस्त्र प्ररी बललाई दिएका छौँ। पदपूर्तिको सूचना हामीले प्रकाशन गरेका हौँ। मापदण्ड अनुसार छनोट प्रक्रिया सञ्चालन भइरहेको छ।’ 

    काफ्लेको संयोजकत्वमा गठित पदपूर्ति समितिमा मानव संशासन महाशाखा प्रमुख सृजुमैया प्रधान र महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी सदस्य छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend