मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौँ महानगरपालिका

सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौँ महानगरपालिका

images
२०८२ चैत्र २८ गते, शनिवार
२०८२ चैत्र २८ गते, शनिवार
  • काठमाडौँ। काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला फूल राख्न सुरु गरेको छ।

    images

    पार्क तथा हरियाली प्रवर्धन आयोजनाले `गौरव योजना मेरो रहर, सुन्दर र हरित सहर´ कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो।

    images

    आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार अहिले सिंहदरबार अगाडिको भागमा वेगमवेली जातका फूल रोपिएका छन्। यो फूल पहेँलो, रातो, गुलावीलगायत रङमा फुल्छ। फूल फुलाउने कार्यलाई नियमित गराउन गमलाहरु सिमेन्टका राखिएका छन्। किनाराका स्थायी ठुला सिमेन्टका गमलामा विरुवा लगाउने, फूल रोप्ने, गोडमेल गर्ने तथा पानी हालेर हुर्काउन वातावरण व्यवस्थापन विभागले काम गरिरहेको छ।

    यसपछि भित्री सहरी क्षेत्रमा गमला राख्दै लगिने योजना रहेको श्रेष्ठको भनाइ छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend