मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बैशाख १ गतेदेखि काठमाडौँमा रात्री बस चल्ने : बेलुका ८ बजेदेखि ११ बजे सम्मका यी हुन् रुट

बैशाख १ गतेदेखि काठमाडौँमा रात्री बस चल्ने : बेलुका ८ बजेदेखि ११ बजे सम्मका यी हुन् रुट

images
२०८२ चैत्र २८ गते, शनिवार
२०८२ चैत्र २८ गते, शनिवार
  • काठमाडौँ।  काठमाडौँमा २०८३ बैशाख १ गतेदेखि रात्री बस संचालन हुँदैछ। काठमाडौँ महानगरपालिकाले यात्रुहरूको सुविधालाई ध्यान दिंदै विभिन्न रुटमा रात्री बस संचालनको तयारी गरिरहेको छ। रात्री बस सेवा संचालनका लागि चार वटा रुट तय भएको छ। हरेक रुटका बस सुरु र अन्तिम विन्दुबाट गुड्नेछन्। रात्री बस सेवा साझा यातायातमार्फत उपलब्ध हुनेछ।

    images

    अर्थात् दक्षिण रुटमा चल्ने एउटा सवारी साधन ललितपुरको लगनखेलबाट सुरु भएर पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ।

    images

    यसैगरी अर्को रुटमा चल्ने बस बुढानीलकण्ठबाट गंगालाल अस्पताल, महाराजगञ्ज चोक, पानीपोखरी, लाजिम्पाट, जमल,, थापाथली, पुल्चोक हुँदै लगनखेल पुग्नेछ।

    यस्तै नयाँ सडक गेट अर्थात् एनएसी अगाडिबाट अर्को बस छुट्नेछ। यसरी चाट वटा विन्दुबाट बस गुडेपछि हरेक बस विसौनीमा २० मिनेटको अन्तरमा बस आइ पुग्नेछ। यो सडकको एकतर्फी दुरी १६ किलोमिटर हो। पूर्वपश्चिम रुटको दुरी २० किलोमिटर  छ। यो रुटमा एउटा बस थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमान स्थलका लागि छुट्नेछ।

    अर्को बस विमानस्थलबाट, तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, रविभवन, कलंकी हुँदै थानकोटतर्फ गुड्नेछ।  नयाँ सडक गेट अगाडि अर्थात् एनएसीबाट एउटा बस थानकोटतर्फ र अर्को बस विमानस्थल तर्फ छुट्नेछ। यसरी ४ वटा विन्दुबाट ४ वटा बस छुटेपछि हरेक बस विसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछन्।

    यसरी बस सञ्चालन गर्दा नयाँ सडक गेट अगाडिको भाग मुख्य चोक बन्नेछ। यो ठाउँमा पुगेपछि यात्रीहरुले एउटा रुटबाट अर्को रुटमा जाने बस पाउनेछन्। रात्रिकालीन बस सेवा सञ्चालनका लागि बस गुड्ने क्षेत्रका नगर प्रमुखहरु र साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधि बिचसमेत शुक्रबार छलफल भएको थियो।

    काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चन्द्रागिरी नगरपालिकाका प्रमुख धनश्याम गिरी, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, साझा यातायात सञ्चालक समितिका अध्यक्ष शुशिल प्याकुरेलसहित पदाधिकारी सहभागी थिए।

    बस सञ्चालनको प्रारम्भमा ७ वटा बसबाट सेवा सुरु हुने महानगरपालिकाले जनाएको छ। हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सीसीटिभी क्यामराबाट निगरानी हुनेछ।

    यो निगरानी नियन्त्रण कक्षबाट हेर्न सकिने भएकोले कसैले कुनै सामान छुटे प्राप्त गर्न सकिनेछ। कसैले दुर्ब्यवहार प्रयास गर्छ भने तत्काल नियन्त्रणमा लिन सकिनेछ। यात्रीहरुको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले हरेक बसका १ जना नगर प्रहरी खटाउनेछ।

    ‘यो सेवाका लागि नगर प्रमुखहरुका बिचमा सहकार्य र समन्वयका लागि बलियो प्रतिवद्धता छ। प्रारम्भमा ३ महिना सेवा सञ्चालन गरेपछि यसबाट प्राप्त अवस्थाको तथ्यका आधारमा थप निर्णय गर्नेछौँ।’ वैठकमा कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो बनाउँदै लानेछौँ। रात्रिकालीन बस नपाउँदा बस पाइएला कि नपाइएला भन्ने चिन्ताले श्रम तथा रोजगारी क्षेत्रका मानिसहरुको उत्पादनशीलता घटेको थियो। किशोरी र महिलालाई त बस नपाइएला भन्ने ठुलो चिन्ता हुन्थ्यो। साँझमा बस पाउने भएपछि ढुक्कसँग काम गर्न सकिन्छ। सुरक्षित भएर साँझमा घर फर्किन सकिन्छ।’ 

    त्यस क्रममा ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले भने, ‘महानगरपालिकाहरुमा पूर्वाधार विकासमा धेरै काम गर्न बाँकी नरहेकोले सुविधा वितरण र सहरी सौन्दर्यमा काम बढाउँदै लगेका छौँ।’

    चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरीले यो सेवाले यात्रुलाई सहज हुने बताए।

    ‘चन्द्रागिरी केवल कार चढेर भालेश्वर महादेव जाने आगन्तुक र त्रिभुवन पार्कमा वनभोजका लागि जानेहरुका लागि यो सेवाले महसुस हुने सेवा प्रदान गर्नेछ।’ गिरीले भने।

    वैठकमा सुरक्षित यात्रा, गन्तव्य र बस पुग्ने समयका विषयमा जानकारी प्राप्त हुने प्रणाली, सहभागिता, नागरिकको बस सेवामा आकर्षण, सेवामा बसको संख्या र समय बढाउने, डिजिटल भुक्तानी प्रणालीलगायत विषयमा छलफल भएको थियो। यस्तै सेवा विस्तार गर्दा चक्रपथमा गाडी गुडाउन सकियो भने विमानस्थल र बसपार्क जोडिने विषयमा कुराकानी भएको थियो।

    सार्वजनिक रुपमा सञ्चालन हुने बसले यात्रु कुर्ने प्रणालीले चाप बढाएको हो। अब बसले मान्छे होइन, मान्छेले बस कुर्नु पर्ने प्रणाली विकास गर्नुपर्छ । अधिकारीहरुको साझा मत थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend