मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

१४ हजार विद्यार्थीको जन्मजात मुटु तथा बाथ मुटु रोग परीक्षण गर्दै काठमाडौँ महानगर

१४ हजार विद्यार्थीको जन्मजात मुटु तथा बाथ मुटु रोग परीक्षण गर्दै काठमाडौँ महानगर

images
२०८२ चैत्र २४ गते, मंगलवार
२०८२ चैत्र २४ गते, मंगलवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा वाथ मुटु रोगको परीक्षण (आरएचडी/सीएचडी स्क्रीनिङ्) गराउने भएको छ।

    images

    ४१ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुनेछ। यससँगै ३२ वडाका १५ ठाउँमा महिला मुटुरोग सचेतना कार्यक्रम (गो रेड फर वुमेन) सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको स्वास्थ्य विभागले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।

    images

    ‘बालबालिकामा हुने यो समस्या समयमा पत्ता लगाउन सकियो भने सरल उपचार विधिबाट स्वस्थ्य जीवन बनाउन सकिन्छ। समय वितेपछि समस्या पत्ता लाग्यो भने महङ्गो उपचारले पारिवारिक अवस्थालाई खराव बनाउँछ। यसकारण हामीले बालबालिकाको मुटु वाथको परीक्षण कार्यक्रम गरेका हौँ।’ स्वास्थ्य विभागका प्रमुख दिपककुुमार के. सी.ले भने।

    महानगरपालिकाले यो परीक्षणबाट प्राप्त हुने तथ्याङ्कका आधारमा थप कार्यक्रम तर्जुमा गर्नेसमेत उनले जानकारी दिए।

    प्रतिष्ठानका सभापति महेनमोहन श्रेष्ठले महानगरपालिकाले थालेको यो कामले धेरै परिवारमा प्रत्यक्ष लाभ हुने बताए। भविष्यका कर्णधारहरुको जीवन बचाउन महानगरपालिकाले पुण्यको काम गरेको उनले बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend