मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपालको संविधान २०७२ बनेपछि पहिलोपटक धारा ७६(१) अनुसार प्रधानमन्त्री बन्दै बालेन

नेपालको संविधान २०७२ बनेपछि पहिलोपटक धारा ७६(१) अनुसार प्रधानमन्त्री बन्दै बालेन

images
२०८२ चैत्र १३ गते, शुक्रवार
२०८२ चैत्र १३ गते, शुक्रवार
  • काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुँदैछन्। उनी नेपालको संविधान २०७२  जारी भएपछि पहिलोपटक धारा ७६ को उपधारा (१) बमोजिम देशको प्रधानमन्त्री नियुक्त हुन लागेका हुन्।

    images

    नेपालको संविधानको धारा, ७६ मा मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था छ। धारा, ७६ को उपधारा (१)मा ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने छ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने छ,’ भन्ने उल्लेख छ।

    images

    प्रतिनिधि सभामा रास्वपाबाट प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरि १८२ सांसद निर्वाचित भएका छन्। कुल २७५ सदस्यीय प्रतिनिधि सभामा सरकार बनाउन रास्वपालाई सुविधाजनक बहुमत छ। एकल सरकार बनाउन बहुमत अर्थात १३८ सिट भए पुग्छ।

    बालेनलाई प्रधानमन्त्री बनाउनकै लागि यसअघि हिजो बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले उनलाई सो पार्टीको संसदीय दलको नेता बनाइसकेको छ।

    अब आज शुक्रबार बालेन देशको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त हुनेछन्।

    अपराह्न १२:३४ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले शाहलाई प्रधानमन्त्रीको शपथग्रहण गराउने गरी राष्ट्रपति कार्यालयले तयारी गरेको छ।

    शाहले प्रधानमन्त्रीमा शपथ लिँदा वैदिक–सनातन परम्परा झल्किने गरी १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्ट मङ्गल पाठ र सात वटा शङ्खबाट शङ्खनाद गरिने तयारी गरिएको छ।

    यसअघि वर्तमान संविधान जारी भएपछिका निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत प्राप्त नगरेका कारण संविधानको धारा ७६(१) बाहेकका आधारमा सरकार गठन हुँदै आएको थियो।

    सरकार गठन गर्नेबारे संविधानको धारा ७६ को उपधारा १ देखि ७ सम्म विभिन्न प्रावधान छन्। संविधानको धारा ७६ (१) मा एक दलको बहुमतको सरकार, उपधारा (२) मा दुई वा दुईभन्दा बढी दलहरूको संयुक्त सरकार, उपधारा (३) प्रतिनिधि सभामा सबैभन्दा ठुलो दलको सरकार, उपधारा (४) र (६) मा विश्वासको मत लिने व्यवस्था र उपधारा (५) मा कुनै पनि सांसदले अरू दलको सहयोगबाट बनाउने सरकारबारे व्यवस्था छ। यस्तै, उपधारा (७) मा प्रतिनिधि सभाको विघटन र चुनावबारे उल्लेख छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend