काठमाडौं। काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले २० जना विदेशी महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई ठमेलबाट पक्राउ गरेको हो।
परिसरका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईले पक्राउ परेकाहरु युगाण्डाका नागरिक रहेको जानकारी दिए।
सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई बाधा पुर्याउने, पैसामा बार्गेनिङ गरी यौन धन्दा सञ्चालन गर्ने र बाटो हिँड्ने सर्वसाधारणलाई दुःख हैरानी दिने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेलको फायरचोकस्थित सार्वजनिक सडक खण्डमा निगरानी गर्ने क्रममा उनीहरूलाई फेला पारेको थियो। ती महिलाहरूले पैदलयात्री तथा पर्यटकलाई बाटो छेक्ने र अश्लील क्रियाकलापका लागि मोलमोलाइ गरी हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले भनेको छ।
पक्राउ परेकाहरुलाई ‘अभद्र व्यवहार गर्न नहुने’ कसुर अन्तर्गत मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिइएको छ।
उनीहरूमाथि प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
यी हुन् पक्राउ पर्ने २० जना युगाण्डाका नागरिक:
१, नाफुना ब्रेन्डा (Nafuna Brenda)
२, नान्दुत हाजराह (Nandut Hajarah)
३, किराबो प्रोसु (Kirabo Prossu),
४, तुसेमेरिर्वे सिलिभिया (Tushemerirwe Silivia),
५, मार्गरेट कालुले नाबुन्या
६, नाकालेम्बे हसिफा (Nakalembe Hasifa)
७, तुमुसुमे ग्रेस (Tumusume Grace),
८, हागावा हदिजा (Hagawa Hadijah),
९, नाकिम्सरा सादिया (Nakimsra Shadia)
१०, एमबाबजी डाफिने (Mbabzi Daphyne)
११, एम्पिरे सिफ्रा (Ampeire Shifrah)
१२, नान्दुदु बेही (Nandudu Behy)
१३, नामबोजु फ्रान्सिका (Nambozu Franscica)
१४, काहामा हजराह बाकमुलिसा (Kahama Hajarah Bakmulisa)
१५, निमुसिमा म्याक्लिन (Nimusiima Macklean)
१६, नाकातो बेनान्कान्ज्को (Nakato Benankanjko)
१७, नान्जान्जी (Nanyanzi)
१८, नाट्टु कासिता (Nattu Kasita)
१९, नुमान्सी आरविना (Nhumansi Rbinanh)
२०, नाल्वाडा स्पेसियोजा (Nalwadda Specioza)




