मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कपिलवस्तुमा प्रहरीले गर्यो हवाइ फायर, तीन जना घाइते

कपिलवस्तुमा प्रहरीले गर्यो हवाइ फायर, तीन जना घाइते

images
२०८२ चैत्र ७ गते, शनिवार
२०८२ चैत्र ७ गते, शनिवार
  • बुटवल। कपिलवस्तुको महाराजगन्ज बर्गदवा क्षेत्रमा लगाइएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले हवाइ फायर गरेको छ। 

    images

    अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको थियो। सो क्रममा प्रहरीले हवाइफायर गर्दा तीन जना युवाहरू घाइते भएका छन्। यस्तै प्रहरी तर्फ दुई जना घाइते भएका छन्।

    images

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै जाइलागेपछि झडपको स्थिति हुँदा प्रहरीले हवाई फायर गरेको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गरेको बताए।

    उनका अनुसार अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिइसकेको छ भने घाइतेहरूलाई उपचारका लागि बुटवल र भैरहवा पठाइएको छ।

    जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शनिबार एक सूचना जारी गर्दै जिल्लाको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो।

    शनिबार मन्दिरमा भजन गाउँदा तोडफोड भएको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबिच तनाव उत्पन्न भएको थियो।

    सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना मार्फत जनाएको छ।

    उक्त आदेशको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन सक्ने तथा कानुन बमोजिम कारबाही हुने समेत सूचनामा उल्लेख छ। सूचनामा पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend