मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँ महानगरका हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गरिने : रेडक्रससँग सम्झौता

काठमाडौँ महानगरका हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गरिने : रेडक्रससँग सम्झौता

images
२०८२ चैत्र ६ गते, शुक्रवार
२०८२ चैत्र ६ गते, शुक्रवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सबै वडा (३२ वटा) मा प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ।

    images

    दुर्घटना, चोटपटक, अचानक विरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपतकालीन परिस्थितिमा विरामीलाई अस्पताल पुर्याउनु अघि अवस्था थप विग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो।

    images

    स्वीकृत मापदण्डअनुसारको तालिम सञ्चालन गर्न कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपकुमार के. सी. र रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलका बिच सम्झौता पत्रमा हस्ताक्षर भयो।

    ‘आपतकालीन अवस्थाका व्यक्तिको जीवन रक्षाका लागि यो अति जरुरी पर्छ। यसकारण प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्न लागेका हौँ।’ सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘वडाको भौगोलिक अवस्था, तालिम लिने व्यक्तिको तत्परता जस्ता सूचकका आधारमा तालिम चल्नेछ। एक पटक प्रदान गरिएको तालिमलाई दिगो बनाउन आवश्यकताका आधारमा थप योजना तर्जुमा हुनेछन्।’

    सम्झौता बमोजिम हरेक वडामा २५ जनाको समूहलाई तालिम प्रदान गरिनेछ। तालिमको तयारीका लागि वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रसँग तयारी बैठक हुनेछ। हरेक वडाको तालिम सञ्चालन गर्न १ लाख ६३ हजार ८५० रुपियाँ खर्च हुनेछ। सोसाइटीले आउँदो असार १० गतेभित्र सबै वडामा तालिम सम्पन्न गर्नेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend