मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हावाहुरीले रुख ढाल्दा उदयपुरमा ३ जनाको मृत्यु, ५ घाइते

हावाहुरीले रुख ढाल्दा उदयपुरमा ३ जनाको मृत्यु, ५ घाइते

images
२०८२ चैत्र ३ गते, मंगलवार
२०८२ चैत्र ३ गते, मंगलवार
  • उदयपुर। सोमबार साँझ आएको हावाहुरीका कारण रुख ढल्दा उदयपुरमा २ जनाको ज्यान गएको छ।

    images

    कटारी नगरपालिका–५ तिनकुनेचोक नजिक वीरेन्द्र चौधरीको पसलमाथि सोमवार साँझ सालको रुख ढल्दा ६४ वर्षीय वीरेन्द्र चौधरी र उनका नातिनी अन्दाजी ५ वर्षीया विनिषा चौधरीको मृत्यु भएको हो।

    images

    सो घटनामा परेर थप ५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार कटारी नगरपालिका–३ आहालडाँडाका २७ वर्षीय युवराज कार्की, वडा नंम्बर ५ बलाहाका ४६ वर्षीय लीलाबहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका–१२ बसेरीकी १६ वर्षीया अस्मिता परियार घाइते भएका छन्।

    घरभित्र थिचिएकी बालिका बिनिषालाई करिब एक घण्टापछि प्रहरीले उद्धार गरेको जनाइएको छ। 

    यस्तै, कटारी नगरपालिका–८ थलियाटारमा पनि हुरीले झारेको रुखको हाँगा लागेर ४९ वर्षीया मिनामाया तामाङको मृत्यु भएको छ। गोठबाट खसीबाख्रा घरतर्फ सार्ने क्रममा उनलाई रुखको हाँगाले लागेको थियो।

    घाइते तामाङलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिएर उद्धार तथा अनुसन्धान कार्य गरिरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend