मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गोरखा माइक्रोबस दुर्घटना, मृतक सबैको पहिचान खुल्यो

गोरखा माइक्रोबस दुर्घटना, मृतक सबैको पहिचान खुल्यो

images
२०८२ चैत्र १ गते, आइतवार
२०८२ चैत्र १ गते, आइतवार
  • गोरखा। गोरखामा शनिबार मनकामना दर्शन गरेर फर्कँदै गरेको माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरूको पहिचान खुलेको छ।

    images

    शनिबार बेलुका करिब ८ बजे सहिद लखन गाउँपालिका -३ कनटारमा मनकामनाबाट फर्कँदै गरेको इभी माइक्रोबस सडकबाट करिब २०० मिटर तल खस्दा ७ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो। उनीहरू सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।

    images

    जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख भरत बहादुर बिकका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको सो माइक्रोबसमा १४ जना तीर्थयात्रु सवार थिए। सो दुर्घटनामा ९ जना घाइते भएको प्रहरीले जनाएको छ। मन्दिर दर्शन गरेर गन्तव्यतर्फ फर्कने क्रममा अचानक नियन्त्रण गुमाएर माइक्रोबस सडकबाट तल झरेको थियो।

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घटनाका ७ जना गम्भीर घाइतेको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। चालक र सहचालक पनि घाइते छन्।

    प्रहरीले दिएको जानकारी अनुसार मृतकहरु भारतका ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीय मिनाक्षी, ५३ वर्षीय सिबगामी, ५७ वर्षीय बिजायल, ५८ बर्षिय मिना र ६० वर्षीय तमिलारशी छन्। उनीहरू सबै एकै ठाउँका नागरिक रहेको बताइएको छ।

    दुर्घटनामा परी गम्भीर घाईतेहुनेमा माइक्रोबस चालक लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका –१ का ४६ वर्षीय पुष्प मल्ल ठकुरी, सहचालक लमजुङ बेँसीसहर नगरपालिका –३ का २९ वर्षीय सन्तोष गुरुङ रहेका छन्।

    त्यस्तै अन्य घाईतेहरुमा भारतका ६२ वर्षीय सोरनस, ६५ वर्षीय मंगदा जलम, ७५ वर्षीय शुभद्रा, ६५ वर्षीय मयाल, ७३ वर्षीय सरोजा, ६५ वर्षीय भाग्यलक्ष्मी र ३४ वर्षीय मिनाक्षी छन्। उनीहरूको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

    घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend