मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कर नबुझाइएपछि बस बिसौनीका विज्ञापन हटाउँदै काठमाडौं महानगर

कर नबुझाइएपछि बस बिसौनीका विज्ञापन हटाउँदै काठमाडौं महानगर

images
२०८२ फाल्गुण २८ गते, बिहिवार
२०८२ फाल्गुण २८ गते, बिहिवार
  • काठमाडौँ। काठमाडौं महानगरपालिकाले बस बिसौनीमा राखिएका सोलारसहितका विज्ञापन सामग्री हटाउन थालेको छ।

    images

    महानगर प्रहरी बलले बिहीबार सोलारसहितका २५ वटा बस विसौनीका विज्ञापन सामग्री हटाएको छ। सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत त्रिलोक संरचना प्रा. लि. ले ३९ वटा बस बिसौनी निर्माण गरेर विज्ञापन राखेको थियो।

    images

    महानगरपालिकाले २०६९ भदौ १४ गते प्रालिसँग पहिलो पटक सम्झौता गरेको थियो। यो सम्झौता २०७१ चैत २६ गते पहिलो पटक र २०७८ साल साउन २५ गते दोस्रो पटक सम्झौता नविकरण गरिएको थियो।

    `सम्झौता बमोजिम बिज्ञापन नबुझाएको विवरण र विज्ञापन बोर्ड हटाउन तथा राख्न नदिने व्यवस्थाका लागि राजस्व विभागबाट पत्र प्राप्त भएपछि हामीले हटाउन थालेका हौँ।´ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले भने।

    उनले विज्ञापन हटाउने क्रमलाई निरन्तरता दिइने पनि जानकारी दिए।

    पछिल्लो सम्झौताबमोजिम महानगरपालिकाले वृद्धि गरेको विज्ञापन करको दरमा वार्षिक वुझाउनु पर्ने रकम वृद्धि भएको अनुपातमा थप गरेर निर्माण पक्षले कर बुझाउनु पर्ने थियो। २०८२ वैशाख ११ गते वृद्धि भएको रकम बुझाउन पत्राचार गरिए पनि अहिलेसम्म बुझाइएको छैन।

    वरिष्ठ राजस्व अधिकृत प्रदिप कोइरालाले अहिलेसम्मको १६ लाख १३ हजार २२४ रुपियाँ बुझाउन बाँकी रहेको बताए।

    आर्थिक वर्ष २०७८।०७९ मा विज्ञापनको दर प्रति स्क्वायर फिट ७ सय रुपैयाँ थियो। आर्थिक वर्ष २०८०।०८१ मा वृद्धि भएर प्रति स्क्वायर फिट १ हजार रुपियाँ पुगेको थियो।

    वरिष्ठ राजस्व अधिकृत कोइरालाका अनुसार बिज्ञापन कर १५ लाख ८३ हजार ९३९ रुपैयाँ र नपुग रोयल्टी २९ हजार २८५ रुपैयाँ दाखिला हुन बाँकी छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend