मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

ठोरीमा ८० विगाहा खेतीयोग्य जमिनका लागि डिप बोरिङ

ठोरीमा ८० विगाहा खेतीयोग्य जमिनका लागि डिप बोरिङ

images
२०८२ फाल्गुण २७ गते, बुधवार
२०८२ फाल्गुण २७ गते, बुधवार
  • फागुन। पर्सा जिल्लाको ठोरी गाउँपालिका–४, निर्मलबस्ती सेलाङटोलमा करिब ८० बिगाह खेतीयोग्य जमिनलाई सिँचाइ सुविधा पुर्‍याउन भूमिगत जलसिँचाइ (डिप बोरिङ) को शिलान्यास गरिएको छ।

    images

    ठोरी गाउँपालिकाका पूर्वअध्यक्ष पीएल श्रेष्ठले भल्भ बक्ससहितको डिप बोरिङको बुधबार औपचारिक शिलान्यास गरेका हुन्।

    images

    संघीय सरकारको अनुदानमा रोटरी ड्रिलिङ विधिबाट निर्माण हुन लागेको यो आयोजनाले वर्षौंदेखि सिँचाइको अभाव झेलिरहेका स्थानीय कृषकहरूको समस्या सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

    सेलाङटोल भूमिगत जलसिँचाइ उपभोक्त समितिका अध्यक्ष खड्गबहादुर श्रेष्ठले भूमिगत सिँचाइ प्रणालीलाई व्यवस्थित बनाउन भलकसको समेत निर्माण हुने बताए।
    भलकस निर्माण हुँदा पानीको उचित वितरण र दिगो व्यवस्थापन गर्न सहयोग पुग्ने उनको भनाइ छ।

    ठोरी गापाका पूर्व अध्यक्ष श्रेष्ठले सो आयोजना सम्पन्न भएपछि विभिन्न बालीको उत्पादनको बृद्धिमा मद्दत पुग्ने बताए।

    समितिका उपाध्यक्ष तथा स्थानीय कृषक हर्कबहादुर श्रेष्ठले विसं २०२१ सालदेखि सिँचाइ सुविधाविना वर्षे झरीको भरमा मात्र खेती गर्दै आएका किसानका लागि आयोजना ठूलो उपलब्धि हुने बताए।

    यो आयोजनाले ठोरी क्षेत्रका कृषकहरूलाई वर्षौंको सिँचाइ अभावबाट मुक्त गरी कृषि उत्पादन बढाउने र जीविकोपार्जन सुधार्ने विश्वास लिइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend