मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कर्णालीमा प्रत्यक्ष र समानुपातिक दुबैमा कांग्रेस पहिलो

कर्णालीमा प्रत्यक्ष र समानुपातिक दुबैमा कांग्रेस पहिलो

images
२०८२ फाल्गुण २६ गते, मंगलवार
२०८२ फाल्गुण २६ गते, मंगलवार
  • काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाममा कर्णाली प्रदेशमा प्रत्यक्ष र समानुपातिक दुबैतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ।

    images

    प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो दल बनेको कांग्रेसले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ।

    images

    प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले उपलब्ध गराएको समानुपातिकतर्फको अन्तिम परिणाम अनुसार कांग्रेसले कर्णाली प्रदेशमा १ लाख ४१ हजार २३३ मत प्राप्त गरेको छ।

    कर्णालीभर प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १ लाख ३३ हजार ७४९ मतसहित दोस्रो स्थान पाएको छ।

    यसैगरी नेकपा (एमाले)ले १ लाख २० हजार ८६३ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १ लाख ७ हजार १०१ मत ल्याएको छ।

    त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७५५ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीले ८ हजार ५३७ मत ल्याएको छ। नेपाल मजदुर किसान पार्टीले ५ हजार १३० मत प्राप्त गरेको छ। कर्णालीबाट श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ४ हजार ६७५ मत प्राप्त गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend