मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भक्तपुरमा समानुपातिकमा रास्वपा पहिलो

भक्तपुरमा समानुपातिकमा रास्वपा पहिलो

images
२०८२ फाल्गुण २५ गते, सोमवार
२०८२ फाल्गुण २५ गते, सोमवार
  • भक्तपुर। भक्तपुरमा समानुपातिक तर्फ सबैभन्दा बढी मत रास्वपाले पाएको छ।

    images

    भक्तपुर क्षेत्र नं १ मा ४२ हजार ४४० र क्षेत्र नं २ मा ४३ हजार ३३२ गरी कूल ८५ हजार ७७२ मत गणना गरिएकोमा रास्वपा सबैभन्दा बढी मत पाउने दल बनेको हो।

    images

    मत परिणामअनुसार समानुपातिकतर्फ क्षेत्र नं १ मा रास्वपा ४२ हजार ४४० मत ल्याएर पहिलो बनेको छ। नेमकिपाले २० हजार २२९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीम बिसीले जानकारी दिए।

    यस्तै नेपाली कांग्रेसले ४ हजार ४०३, नेकपा (एमाले)ले ३ हजार ४६१, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एक हजार १३६, राप्रपाले २ हजार ९८४, राष्ट्रिय परिवर्तन पार्टीले ८९४ तथा श्रम संस्कृति पार्टीले ५५० मत प्राप्त गरेको छ। 

    यस्तै भक्तपुर क्षेत्र नं २ मा पनि समानुपातिक तर्फको मतगणना सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४३ हजार ३३२ मत ल्याएको मतदान अधिकृत राधिका सुवालले जानकारी दिइन्।

    यो क्षेत्रमा नेपाली कांग्रेसले ८ हजार ७७८, नेकपा (एमाले)ले ८ हजार ३९०, नेमकिपाले ३ हजार ५२१, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एक हजार ९३०, राप्रपाले २ हजार ८३२ तथा श्रम संस्कृति पार्टीले एक हजार ७५ मत प्राप्त गरेका छन्।

    भक्तपुर क्षेत्र नं १ मा कूल एक लाख सात हजार ५४ मतदाता रहेकामा ७६ हजार ७६१ मत खसेको थियो भने क्षेत्र नं २ मा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसको सूचना अधिकारी भीम बिसीले जानकारी दिए।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend