काठमाडौं। नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
रास्वपाबाट उम्मेदवार बनेका पोखरेल ओखलढुंगाबाट निर्वाचित भएका हुन्। उनी यो निर्वाचनमा अहिलेसम्म सबैभन्दा कम मतान्तरले विजयी भएका हुन् ।
निर्वाचन परिणामअनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुमार लुईटेलले १३ हजार ९४८ मत ल्याए। यो अंकको कुल अन्तर ५ मत हो।
पोखरेल नेपाल प्रहरीको आईजीपी नियुक्तिको प्रतिस्पर्धामा पहिलो वरियतामा रहँदा पनि सरकारले उनलाई आईजीपी नबनाएपछि उनी चर्चामा आएका थिए। त्यसपछि उनले राजनीतिमा प्रवेश गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।



