मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेकपाको उम्मेदवारको गाडीमा बम

नेकपाको उम्मेदवारको गाडीमा बम

images
२०८२ फाल्गुण २० गते, बुधवार
२०८२ फाल्गुण २० गते, बुधवार
  • वीरगन्ज। नेपाली कम्युनिस्ट पार्टी पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरी बम सहित पक्राउ परेका छन्। 

    images

    पर्साको पर्सागढी नगरपालिका बढनिहारबाट उम्मेदवार चौधरीलाई प्रहरीले गएराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

    images

    प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरी सवार गाडीमा बम फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिए। प्रहरीले चौधरीलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।

    पर्सा प्रहरी प्रमुख पाठकले उम्मेदवार चौधरी सवार गाडीमा होक्सी बम भेटिएको जानकारी दिए।

    `चौधरी सवार गाडीमा यसरी शङ्कास्पद वस्तु बम भेटियो, हामीले बिहान सेनामार्फत डिस्पोज गराइसकेका छौं।´ पर्सा प्रहरी प्रमुख पाठकले भने।

    उनका अनुसार चौधरीसहित उनी सवार गाडीमा अन्य तीनजनासमेत थिए। तीनै जनालाई नियन्त्रणमा लिइएको उनले बताएका हुन्।

    यद्यपि, अनुसन्धान चलिरहेकोले उनीहरूको अरू विवरण गोप्य राखिएको प्रहरीले जानकारी दिएको छ। उम्मेदवार चौधरी सवार बा १० च  १२५० नम्बरको गाडीसमेत नियन्त्रणमा लिएको छ।

    चौधरीमाथि निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अनुसार विस्फोटक पदार्थ सम्बन्धी कसुर , सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन मुद्दा अन्तर्गत अनुसन्धान बढाइएको पर्सा प्रहरीले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend