मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कोशीको निर्वाचन सुरक्षा : मास्टर प्लान लागू

कोशीको निर्वाचन सुरक्षा : मास्टर प्लान लागू

images
२०८२ फाल्गुण १९ गते, मंगलवार
२०८२ फाल्गुण १९ गते, मंगलवार
  • इटहरी। कोशी प्रदेशमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा संयन्त्रले ‘मास्टर प्लान’ लागू गरी बहु–तहको सुरक्षा घेरा तयार गरेको छ।

    images

    प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा भयरहित मतदान सुनिश्चित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबीच त्रिपक्षीय समन्वयलाई उच्च प्राथमिकता दिइएको हो।

    images

    प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार निर्वाचन सुरक्षामा मात्र ३५ हजारभन्दा बढी सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएका छन्।

    तीमध्ये १२ हजार नेपाल प्रहरी र २३ हजार म्यादी प्रहरी खटिएका छन्। यसबाहेक सशस्त्र प्रहरी बलका तर्फबाट ८ हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको छ।

    सुरक्षा समितिको मूल्यांकनअनुसार प्रदेशका १ हजार ९०७ मतदान स्थलमध्ये ४३९ स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। ती स्थानमा अतिरिक्त सुरक्षा घेरा, निगरानी तथा गस्तीलाई कडाइ गरिएको छ।

    प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डीआईजी विनोद घिमिरेले सानातिना घटनालाई पनि गम्भीरतापूर्वक लिएर तत्काल ‘रेस्पोन्स’ गर्ने गरी मोबाइल टोली र रिजर्भ फोर्स तयारी अवस्थामा राखिएको जानकारी दिए।

    उनका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै मतदानअघि, मतदानका दिन र मतगणनासम्म विशेष सुरक्षा योजना लागू गरिनेछ।

    प्रदेशभर ३५ लाखभन्दा बढी मतदाता

    प्रदेशभर ३५ लाख ७४ हजार २८६ मतदाता रहेका छन् भने ४ हजार २७० मतदान केन्द्र कायम गरिएका छन्। सबै केन्द्रमा सुरक्षाकर्मीको प्रत्यक्ष उपस्थिति रहने र आवश्यक परे थप बल परिचालन गरिने जनाइएको छ।

    प्रहरी नेतृत्वका अनुसार हाल समग्र सुरक्षा अवस्था सन्तोषजनक रहेको छ र मतदाताले ढुक्क भएर मतदान गर्न सक्ने वातावरण तयार गरिएको छ।

    यसपटकको निर्वाचनमा सुरक्षाको रणनीति ‘दृश्य’ र ‘अदृश्य’ दुवै किसिमले कडा बनाइएको सुरक्षा निकायको दाबी छ। यसले मतदान प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend