मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रूपन्देही २ मा राप्रपाले कांग्रेसलाई सघाउने

रूपन्देही २ मा राप्रपाले कांग्रेसलाई सघाउने

images
२०८२ फाल्गुण १७ गते, आइतवार
२०८२ फाल्गुण १७ गते, आइतवार
  • बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देही २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने भएको छ।

    images

    प्रत्यक्षतर्फ यस क्षेत्रमा आफ्नो उम्मेदवार नउठाएको राप्रपाले कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचारसँग नजिक कांग्रेसका तर्फबाट यस क्षेत्रका उम्मेदवार पौडेललाई समर्थन गर्ने जनाएको हो।

    images

    राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले पार्टी फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेकाले पौडेललाई मतदान गर्ने निर्णय भएको बताए।

    राप्रपाले ०७९ को निर्वाचनमा यो क्षेत्रमा समानुपातिकतर्फ पाँच हजार ६००  मत प्राप्त गरेको थियो।

    अहिलेको अवस्थामा अन्य पार्टीको तुलनामा कांग्रेस विधिको शासन मान्ने पार्टी भएकाले यस क्षेत्रबाट प्रत्यक्षतर्फको भोट पौडेललाई दिने निर्णय गरेको सो पार्टीले विज्ञप्तिमार्फत जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend