काठमाडौं। कर्णाली प्रदेशमा रास्वपा थप कमजोर बन्दै गएको छ।
कर्णाली प्रदेशमा कमजोर प्रभाव देखिएको रास्वपाबाट प्रदेश महामन्त्री नै कांग्रेस प्रवेश गरेपछि थप कमजोर बनेको हो।
रास्वपा कर्णाली प्रदेश महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन्।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरुसँगै रास्वपा छाडेका दर्जनौंलाई खादा मालाले स्वागत गरे।
प्रदेशकै महामन्त्री र सँगैमा प्रदेश राजधानीको कार्यवाहक सभापति काँग्रेस प्रवेश गरेपछि चुनावको मुखमा रास्वपालाई ठूलो क्षती पुगेको छ।



