मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेस सबै जातजातिको साझा पार्टी हो, सबैले मौका पाउनु हुन्छ : गगन थापा

कांग्रेस सबै जातजातिको साझा पार्टी हो, सबैले मौका पाउनु हुन्छ : गगन थापा

images
२०८२ फाल्गुण १६ गते, शनिवार
२०८२ फाल्गुण १६ गते, शनिवार
  • बारा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस सबै जातजातिको साझा पार्टी भएकाले अहिले अवसर नपाएका स्थानीय समुदायले आउने स्थानीय र प्रदेश चुनावमा मौका पाउने बताएका छन्।

    images

    बाराको कोल्हबी नगरपालिका  शनिबार आयोजित बारा क्षेत्र नं-१ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले  अवसर नपाएका स्थानीय समुदायले स्थानीय र प्रदेशमापाउने बताए।

    images

    'कांग्रेस सबै जातजातिको साझा पार्टी हो।  उहाँहरूले जहाँ जहाँ अन्याय महसुस गर्नु भएको छ भन्ने लागेको छ अब आउने स्थानीय र प्रदेश सभाको चुनावमा अवसर पाउनुहुन्छ। यहाँ साथीहरूले सबैलाई  मिलाएर लैजान आग्रह गर्न चाहन्छु', उनले भने, 'हामीले  आज केही कमजोरी भएको छ भने प्रदेशको चुनावमा सच्याउने काम हामी गर्छौ।  कुनै समुदायले अन्याय महसुस गरेको छ भने त्यसको क्षतिपूर्ति अर्को चुनावबाट गर्छौं।'

    सभापति थापाले  फागुन २१ को चुनावमा कुनै साथीहरूले गडबड नगरीकन सबै एक भएर कांग्रेसलाई मत हाल्नुपर्नेमा जोड दिए।

    उनले ५ वर्ष नेपालमा विकासको ग्यारेन्टी, ५ वर्ष सुधारको ग्यारेन्टी र गतिमा हिँड्ने ग्यारेन्टी कांग्रेसले लिएको बताए। 

     उनले भने, 'यो ५ वर्ष नेपालमा अब दुर्घटना हुँदैन । हामी हुन दिन्नौँ। हामी सम्हाल्छौँ। कुनै दुर्घटना हुन दिन्नौँ, द्वन्द्व हुन दिन्नौँ। न जातका नाममा, न  धर्मका नाममा, न मधेस पहाडका नाममा, न हुने खाने र हुँदा खानेका नाममा कांग्रेसको सरकार गतिमा हिँड्छ।'

    उनले उत्तेजनामा नबहकिन र सबैलाई सम्हालेर लिएर गएर अगाडि खेर गएको समयलाई पनि सदुपयोग गरेर काम गर्ने वाचासमेत गरे।

    'कांग्रेसले  अब ५ वर्षको सरकार बनाउँछ नेपाललाई स्थायित्व, विकास र सुशासनको दिशामा अगाडि बढाउँछ', उनले भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend