मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रौतहट ४ मा देवको पक्षमा जनलहर

रौतहट ४ मा देवको पक्षमा जनलहर

images
२०८२ फाल्गुण १५ गते, शुक्रवार
२०८२ फाल्गुण १५ गते, शुक्रवार
  • रौतहट। आसन्न प्रतिनिधि सभा निर्वाचन आउन एक सातामात्र बाँकी रहँदा रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसक्का उम्मेदवार देवप्रसाद तिमिल्सिनाको पक्षमा जनलहर बढ्दै गएको छ।

    images

    घरदैलो अभियानमा उनले पाएको माया र साथले उनी जनताको मनमनमा बस्न सफल नेता भएको देखाएको छ।

    images

    एकढिक्का रहेको नयाँ कांग्रेसका केन्द्रीय सदस्य उनको र्याली,घरदैलोमा मतदाता स्वस्फूर्त रूपमा उनलाई माया र स्नेहसहित मत दिन आतुर देखिएको कांग्रेस नेता रबिनचन्द्र कोइराला बताउँछ्न्।

    हुन त नेताले बताए भन्ने भाष्य सिर्जना गर्न खोजिएला तर उनको पक्षमा उर्लिएको जनसागरले उनीप्रति मतदाताको माया झल्किन्छ। एकातिर अन्य पार्टी छाडेर उनको पक्षमा उभिने संख्यामा वृद्धि हुँदै गएको छ भने अर्कोतर्फ उनले गरेका विकास निर्माणका काम र सहयोगको मतदाले गुन तिर्ने बताउँछ्न् चन्द्रपुर १ पौराका वडाध्य्क्ष बलराम राउत।

    तिमल्सिनालाई समर्थन गर्दै कांग्रेस रोजेका र चुनावी अभियानमा लागेका युवाहरूको मायाले यो पटक पनि तिमल्सिना विजयी हुने बताउँछ्न्।

    बृन्दवान नगरपालिकाको भुसाहलगायत सो पालिकाका अन्य स्थानमा समेत उनको पक्षमा जनलहर बढेको नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति रामस्नेही यादव बताउँछ्न्।

    दुई पटक निर्वाचित हुँदा मन्त्री बन्न नसकेर सोचेजस्तो काम पूरा गर्न नसकिएको भए पनि उनले विकासका लागि अथक प्रयास गरेका छन्।

    शिक्षा,स्वास्थ्य,खानेपानी,कृषि क्षेत्रमा उनको योगदान महत्वपूर्ण रहेको चन्द्रपुर नगर सभापति मुकेश गिरी बताउँछ्न्।

    सस्तो लोकप्रियता कमाउन नयाँ दलहरूले अनेक हत्कण्डा प्रयोग गरे पनि जनमत कांग्रेसकै पक्षमा रहेको आम मतदाताले स्वीकार्दै यस पटक उम्मेद्वार तिमिल्सिनालाई मनमनमा राखेको स्थानीय बताउँछन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend