गोरखा। चुनावी अभियानका क्रममा गोरखा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन-जी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गरेका छन्।
रास्वपा गोरखाद्वारा सदरमुकाममा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले जेन-जी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गरेका हुन्।
`यहाँ कसैले भ्रम फैलाएका छन्, सिंहदरबार जलायो, विध्वंस गर्यो भनेर, तर २३ गते गोली नचलेको भए केही पनि जल्ने थिएन, २३ गते गोली चलेपछि मात्र २४ गते सिंहदरबार जलेको देखिन्छ।´ लामिछानेले भने।
उनले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै भर्न नसकिने पनि बताए।
`जो ढल्यो, त्यो फेरि कहिल्यै उठ्दैन, रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन, सिंहदरबार हामी पुनः निर्माण गर्छौँ, तर सरकारी संरचना जलेकामा हामीले गौरव गरेका छैनौँ।´ लामिछानेले अगाडी सम्बोधनका क्रममा भने।



