मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौं महानगरका कार्यवाहक प्रमुखसँग सिस्टर सिटी इन्टरनेशनलका संयोजकको भेट

काठमाडौं महानगरका कार्यवाहक प्रमुखसँग सिस्टर सिटी इन्टरनेशनलका संयोजकको भेट

images
२०८२ फाल्गुण १४ गते, बिहिवार
२०८२ फाल्गुण १४ गते, बिहिवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, नगरहरुबिचको अन्तरराष्ट्रिय सम्बन्धलाई नागरिक कुटनीतिक साइनोका रुपमा स्थापित गराउनु पर्ने बताएकी छिन्।

    images

    आज सिस्टर सिटी इन्टरनेशनलका नेपाल प्रतिनिधि डेभिड कापारा र काठमाडौँ फेडरिसवर्ग भगिनी नागरिक समितिका पदाधिकारीहरु रामरोहन पन्त, सिर्जना सिथिखुसहितका पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएकी हुन्। 

    images

    ‘सहरहरुका बिचका साझा मुद्दाहरु पहिचान गरौँ। आपसी कार्यक्रम तय गरौँ। नागरिक कुटनीतिक साइनो निर्माण हुने अर्थपूर्ण सम्बन्धमा सक्रिय बनौँ।’ दिगो सम्बन्धका विषयमा कुरा गर्दै उनले भनिन्, ‘नागरिकलाई लाभ हुने कार्यक्रम दिगो र प्रभावकारी हुन्छन्।’

    भेटका क्रममा कापाराले, सिटी अफ फेडरिसवर्गका मेयर केरी डेभिनले कार्यवाहक प्रमुख डंगोललाई अमेरिकाको २५० औँ स्वतन्त्र दिवसका अवसर पारेर नगरले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पठाएकोनु निमन्त्रणा प्रदान गरेका थिए।

    सो पत्रमा मेयर डेभिनले दुई नगरबिच फोहर व्यवस्थापन, वातावरणीय सुधार, युवा नेतृत्व विकास, सांस्कृतिक पर्यटन, विश्वविद्यालयका विद्यार्थीहरुका बिच सिकाइ आदान प्रदानका लागि आपसी कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख छ।

    कापाराले सिस्टर सिटी इन्टरनेशनलको ७० औँ वार्षिकोत्सवका अवसरमा जुलाइ २०२६ मा वासिङ्टनमा आयोजना हुने कार्यक्रममा निमन्त्रणा दिए।

    यी कार्यक्रमका बारेमा जानकारी दिँदै कापाराले, संयुक्त राज्य अमेरिकाका अधिकांश स्थानमा नेपाली समुदाय रहेको उल्लेख गर्दै नगर–नगर बिचको सम्बन्धमा यो समुदायलाई जोडेर आपसी कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख गरे।

    काठमाडौँ फेडरिसवर्ग भगिनी सम्बन्धका लागि २०७४ असोज २४ गते (१० अक्टोवर २०१७) हस्ताक्षर भएको थियो। यसका लागि २०७२ सालदेखि पत्र आदानप्रदान हुन थालेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend