मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

धादिङमा चट्याङ लागेर एक जनाको मृत्यु

धादिङमा चट्याङ लागेर एक जनाको मृत्यु

images
२०८२ फाल्गुण १३ गते, बुधवार
२०८२ फाल्गुण १३ गते, बुधवार
  • धादिङ। चट्याङ लागेर धादिङमा १ जनाको मृत्यु भएको छ। 

    images

    धादिङको त्रिपुरा सुन्दरी ३ मुलपानीमा बस्दै आएकी गोरखाको शहीद लखन गाउँपालिका ८ की १२ वर्षीया दिलासा घर्ती मगरलाई मंगलबार दिउँसो ४ बजे चट्याङ लागेको थियो।

    images

    लगत्तै उनलाई उपचारका लागि आरुघाट आधारभूत अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउँदा नै उनको निधन भइसकेको अस्पतालले जानकारी दिएको हो।

    सोही घटनामा १३ वर्षकी दीक्षा घर्ती मगर र २४ वर्षका वीरेन्द्र थापामगर घाइते छन्।

    उनीहरूको आरुघाट आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी काठमाडौं पठाइएको छ।

    उनीहरूको मुटु र स्नायुमा समस्या हुन सक्ने अनुमान सहित अनुगमन आवश्यक भएकाले काठमाडौं रिफर गरिएको मेडिकल अधिकृत डा कुशल अधिकारीले जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend