काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरंङ क्षेत्र न. ६ बाट प्रतिनिधि सभा स्दस्य पदका उमेदवार डा. शेखर कोइरालाले कांग्रेसले जिते मात्रै धर्म संस्कृति जोगिने बताएका छन्।
कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचे मात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने बताए।
कोइरालाले धर्म सस्कृति संस्कार र सभ्यता माथिको प्रहार रोक्न कांग्रेसको जित जरुरी रहेको बताए। उनले धर्म र सस्कृति माथीको प्रहार रोक्न नसके राष्ट्रियता पनि धरासयी हुने उनको भनाई थियो।
नेपाली कांग्रेस बुढिगंगा गाउँपालिकाको घर–दैलो एवं चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सबै जातजातिको आफ्नो मौलिकता, धर्म, संस्कृती, परम्पराको महत्त्व रहेको बताएका हुन्।
उमेदवार कोइरालाले धर्म संस्कृती संरक्षण कै लागि अहिलेको निर्वाचन अती महत्वपुर्ण भएको बताए।



