बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

रास्वपा मधेस प्रदेशका संस्थापक सदस्य तथा बाराका नेता पवनले दिए राजीनामा

रास्वपा मधेस प्रदेशका संस्थापक सदस्य तथा बाराका नेता पवनले दिए राजीनामा

images
२०८२ फाल्गुण ९ गते, शनिवार
२०८२ फाल्गुण ९ गते, शनिवार
  • बारा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशका संस्थापक सदस्य तथा बारा जिल्लाका नेता पवन चौधरीले पार्टीबाट राजीनामा दिएका छन्।

    images

    बारा जिल्लाका सह–सचिव एवं संगठन प्रमुख समेत रहेका चौधरीले शुक्रबारदेखि लागू हुनेगरी साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएका हुन्। 

    images

    आसन्न फागुन २१ गतेको निर्वाचन प्रक्रियासम्बन्धी पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय तथा कार्यशैली पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत रहेको भन्दै चौधरीले राजीनामा दिएको बताएका छन्।

    संगठनमा सक्रिय रूपमा खटिएका सदस्यहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत गतिविधि भएको तथा पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको आरोप चाैधरीले लगाएका छन्।

    राजनीतिमा युवा पुस्ता आउनुपर्छ' र 'जान्नेलाई छान्ने' भन्ने पार्टीको मूल नाराबाट प्रेरित भई आफू पार्टीमा आबद्ध भएपनि पछिल्लो समय त्यस बिपरित काम हुन थालेपछि आफुले पार्टी छाड्ने अवस्थामा पुगेको चाैधरीले बताए।

    पार्टीका निर्णयहरू आर्थिक अनियमितताबाट प्रभावित भएको दाबी गर्दै यस्तो परिस्थितिमा मौन बसिरहन नसक्ने चाैधरीकाे भनाइ छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend