बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

दोलखामा एमाले र माओवादीलाई धक्का

दोलखामा एमाले र माओवादीलाई धक्का

images
२०८२ फाल्गुण ७ गते, बिहिवार
२०८२ फाल्गुण ७ गते, बिहिवार
  • दोलखा। निर्वाचनको मुखमा नेकपा (एमाले) विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठ सहितको ठूलो टोली नेपाली कांग्रेसमा प्रवेश गरेको छ।

    images

    विगु गाउँपालिका वडा नं. १ मा आयोजित वडा सभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले र माओवादी परित्याग गरी दर्जनौँ नेता-कार्यकर्ता कांग्रेसमा समाहित भएका हुन्।

    images

    एमालेबाट पार्टी छोड्नेहरूमा वडा नं. १ का सचिव चाहाना मगर, उपसचिव सूर्यनारायण श्रेष्ठ, प्रकाश थापा मगर, कुमारी तामाङ, लालमान तामाङ, सीतादेवी श्रेष्ठ र वडा नं. २ की पार्वती जीसी रहेका छन्।

    त्यस्तै एमाले पालिका कमिटी सदस्यहरू बिन्दु तामाङ, गाइने ठकुरी, पार्वती ठकुरी र रत्नविक्रम थापा मगर पनि कांग्रेसमा प्रवेश गरेका छन्। यसका साथै माओवादी केन्द्र परित्याग गरी साङछिरी तामाङ, कुमार विक, रन्जिमाया तामाङ, पदममाया तामाङ, काले तामाङ र मन्जु नेपाली पनि कांग्रेसमा गएका छन्।

    पार्टी प्रवेश गर्दै उपाध्यक्ष श्रेष्ठले कांग्रेस बदलिएर आएको र देशलाई कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटी जस्तो स्वच्छ एवं भ्रष्टाचार विरोधी उम्मेदवार आवश्यक परेकाले आफूले यो निर्णय लिएको बताए।

    नवप्रवेशीहरूले कांग्रेसको विकासप्रतिको स्पष्ट भिजन र लोकतन्त्र रक्षाका लागि युवा नेतृत्वको आवश्यकता महसुस गर्दै पार्टी परिवर्तन गरेको उल्लेख गरे।

    नवप्रवेशीहरूलाई प्रतिनिधि सभा उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले खादा लगाएर स्वागत गरेका थिए।

    स्वागत कार्यक्रममा बोल्दै शिवाकोटीले ग्याल्पो ल्होसारको अवसरमा विगुका प्रभावशाली नेताहरू कांग्रेसमा आउनुले एमालेमा 'भूकम्प' गएको टिप्पणी गरे।

    उनले भने, "शेषनारायणजी सहितको टोलीले जुन आँट देखाएर कांग्रेस रोज्नुभयो, यसले दोलखामा कांग्रेसको विजयको ध्वजा फैलाउँदैछ भन्ने स्पष्ट सन्देश दिएको छ।"

    कार्यक्रममा कांग्रेस दोलखाका सचिवद्वय सन्तोष पाठक 'रन्जित' र दावा साङ्गे लामासहित नेविसंघ र तरुण दलका नेता-कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। निर्वाचन नजिकिँदै गर्दा दोलखाका विभिन्न गाउँमा कांग्रेस पार्टी प्रवेशको लहरले तीव्रता पाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend