बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

ललितपुरमा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु

ललितपुरमा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु

images
२०८२ फाल्गुण २ गते, शनिवार
२०८२ फाल्गुण २ गते, शनिवार
  • ललितपुर। ललितपुरको कोन्ज्योसोम गाउँपालिका-१ मा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

    images

    लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश-०१-००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको हो।

    images

    दुर्घटनामा ट्रक चालक र एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।

    दुर्घटनामा परी ट्रक चालक ललितपुरकै गोदावरी नगरपालिका-६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    त्यस्तै, ट्रकमा सवार अन्य दुई जना अन्दाजी ४० वर्षीय र ५० वर्षीय पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ। अस्पतालमा ज्यान गुमाउने दुई जनाको सनाखत हुन बाँकी छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend