बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

विश्वप्रकाश शर्माको प्रश्न : ०६४ जस्तै गल्ती कि ०७० जस्तै विवेक?

विश्वप्रकाश शर्माको प्रश्न : ०६४ जस्तै गल्ती कि ०७० जस्तै विवेक?

images
२०८२ माघ २८ गते, बुधवार
२०८२ माघ २८ गते, बुधवार
  • दाङ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गरेका छन्। 

    images

    नेपाली काँग्रेस जिल्ला कार्यसमिति दाङको आयोजनामा घोराहीमा बुधबार जिल्ला स्तरीय बृहत् भेलालाई सम्बोधन गर्दै उनले चुनाव केवल दलको जित–हारको विषय नभई देशलाई संकटबाट निकास दिने क्षमताको परीक्षण भएको बताए।

    images

    शर्माले “मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, मूल प्रश्न विषम परिस्थितिमा देशलाई कसले संयमका साथ समन्वय गर्न सक्छ, कसले परिपक्व ढंगले गाँस्न सक्छ र हाँक्न सक्छ भन्ने हो” भन्दै ऐतिहासिक तथ्यका आधारमा केलाउनु पर्ने धारणा राखे।

    उनले इतिहासका विभिन्न मोडमा नेपाली काँग्रेसले देशभित्रका भिन्न शक्ति, दल र समुदायबीच समन्वय गरेर देशलाई निकास दिने भूमिका खेलेको दाबी गरे। अब बदलिँदो पुस्ताबीच पनि समन्वय गर्दै देशलाई नयाँ विश्वासको चरणमा लैजान सक्ने क्षमता काँग्रेससँग रहेको उनको भनाइ थियो।

    महामन्त्री शर्माले २०६४ र २०७० सालका संविधानसभा निर्वाचनको उदाहरण प्रस्तुत गर्दै भने, “०६४ मा काँग्रेस दोस्रो दल बन्यो, चार वर्ष खेर गयो, देशले संविधान पाएन। ०७० मा काँग्रेस पहिलो दल बनेपछि दुई वर्षमै संविधान आयो।” उनले मतदातालाई गम्भीर भएर निर्णय लिन आग्रह गर्दै प्रश्न गरे, “०६४ जस्तै गल्ती दोहोर्याउने कि ०७० जस्तै विवेक पुर्‍याउने?”

    आजको मुल प्रश्न कुन दलले जित्ने भन्ने होइन, मुल प्रश्न विषम परिस्थितिबाट देशलाई नवीन निकासमा कसले पुर्याउन सक्छ भन्ने रहेको उनको भनाइ छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend