बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेसको मधेस सभा फागुन ६ गते जनकपुरधाममा

कांग्रेसको मधेस सभा फागुन ६ गते जनकपुरधाममा

images
२०८२ माघ २६ गते, सोमवार
२०८२ माघ २६ गते, सोमवार
  • जनकपुर। नेपाली कांग्रेसको मधेस सभा जनकपुरधाममा हुने भएको छ । शनिबार बसेको नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले आगामी फागुन ६ गते मधेस सभा जनकपुरधाममा आयोजना गर्ने निर्णय गरेको हो।

    images

    पार्टीको प्रदेश कार्यालय थापा चौक जनकपुरधाममा बसेको बैठकले जनकपुरधामस्थित तिरुहुतिया गाछीमा मधेस सभा आयोजना गर्ने निर्णय गरेको कांग्रेस मधेस प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए।

    images

    बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय गरेको छ।

    त्यसैगरी मधेस सभाको समग्र तयारी, व्यवस्थापन तथा संगठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेस प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट लाखौँ सहभागीहरू बोलाउने निर्णय गरिएको छ।

    उक्त सभामा कांग्रेस केन्द्रीय सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यस्तै केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने प्रचार प्रसार विभाग प्रमुख गुप्ताले बताए।

    कांग्रेसले सातै प्रदेशका मुख्य सहरहरूमा सभा गरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीको प्रचार प्रसार गर्ने भएको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend