बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

निर्वाचन केन्द्रित समाचार अभियान, ‘टप अफ द मन्थ’ पत्रकारलाई पुरस्कार र सम्मान

निर्वाचन केन्द्रित समाचार अभियान, ‘टप अफ द मन्थ’ पत्रकारलाई पुरस्कार र सम्मान

images
२०८२ माघ २५ गते, आइतवार
२०८२ माघ २५ गते, आइतवार
  • इटहरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नयन एडभरटाइजिंग मिडिया प्रा.लि.द्वारा सञ्चालित प्रदेशखबर डटकमले विशेष निर्वाचन–केन्द्रित समाचार अभियान सञ्चालनमा ल्याएको छ।

    images

    कोशी प्रदेशमा निर्वाचनसम्बन्धी गतिविधिलाई आम नागरिकको पहुँचमा पुर्याउने तथा सत्य, तथ्य र सन्तुलित समाचारमा केन्द्रित रहने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

    images

    यस अभियानमा कोशी प्रदेशका जुनसुकै जिल्लामा कार्यरत पत्रकारले सहभागिता जनाउन सक्ने प्रदेशखबरका समाचार संयोजक कृष्ण भट्टराईले जानकारी दिए। उनका अनुसार अभियान एक महिनासम्म सञ्चालन हुनेछ।

    सहभागी पत्रकारहरूले आफ्नो कार्यक्षेत्र, जिल्ला वा कोशी प्रदेश केन्द्रित निर्वाचनसम्बन्धी फिचर, अन्तरवार्ता, सूचनामूलक सामग्री तथा समाचार पठाउनुपर्ने व्यवस्था गरिएको छ।

    प्रदेशखबरले प्रकाशित प्रत्येक समाचारअनुसार निर्धारण गरिएको पारिश्रमिक प्रदान गर्ने जनाएको छ 

    साथै, निर्वाचन अवधिभर सबैभन्दा बढी खटिने, मेहनत गर्ने र समाचारलाई सशक्त, तथ्यपरक तथा प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने एक जना सञ्चारकर्मीलाई ‘टप अफ द मन्थ’ घोषणा गरी थप नगदसहित आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ।

    इटहरीमा केन्द्रीय कार्यालय रहेको प्रदेश खबर तीन वर्षअघि कोशी प्रदेशलाई केन्द्रमा राख्दै सन्तुलित र विश्वसनीय समाचार प्रदान गर्ने उद्देश्यले सञ्चालनमा आएको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend