बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्यमन्त्री सुदूरपश्चिमको भ्रमणमा, अस्पतालमा अनुगमन निरीक्षण

स्वास्थ्यमन्त्री सुदूरपश्चिमको भ्रमणमा, अस्पतालमा अनुगमन निरीक्षण

images
२०८२ माघ २५ गते, आइतवार
२०८२ माघ २५ गते, आइतवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतम सुदूरपश्चिम प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरूको अनुगमन निरीक्षणमा पुगेकी छिन्।

    images

    आइतबार मन्त्री डा. गौतमले कैलालीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा मेडिकल कलेज  र सेती प्रादेशिक अस्पतालको विशेष अनुगमन तथा निरीक्षण गरेकी हुन्।

    images

    निरीक्षणका क्रममा मन्त्री शर्माले दुवै संस्थाको भौतिक पूर्वाधार, उपलब्ध जनशक्ति र सेवा प्रवाहको वस्तुस्थितिको प्रत्यक्ष अवलोकन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सो अवसरमा विश्वविद्यालय र अस्पताल प्रशासनले मन्त्री गौतमलाई संस्थाको वर्तमान अवस्था, बिरामीको चाप र कार्यसम्पादनका क्रममा भोग्नुपरेका विभिन्न प्रशासनिक तथा प्राविधिक चुनौतीहरूका बारेमा विस्तृत जानकारी गराएका थिए।

    निरीक्षणपश्चात् आयोजित छलफलमा मन्त्री शर्माले स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउन र गेटा मेडिकल कलेजलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने थप पूर्वाधार एवं कानुनी प्रक्रियाका लागि मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन।

    उनले सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य सेवालाई भरपर्दो र जनमुखी बनाउन मन्त्रालयले आवश्यक बजेट तथा नीतिगत समन्वयमा पूर्ण सहयोग गर्ने आश्वासनसमेत दिइन्।

    साथै, उनले सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गरी आम नागरिकलाई सुलभ र प्रभावकारी स्वास्थ्य उपचार सुनिश्चित गर्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिइन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend