बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप

रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप

images
२०८२ माघ २४ गते, शनिवार
२०८२ माघ २४ गते, शनिवार
  • रौतहट। रौतहट क्षेत्र नम्बर २ मा बिहीबार भएको चार वर्षीया बालिका मृत्यु घटनामा जोडिएका सवारी चालकविरुद्ध ५ दिन म्याद थप भएको छ।

    images

    बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरका कार चालक परोहा नगरपालिका–३ घर भएका २७ वर्षीय शेख मुस्ताखविरुद्ध पाँच दिनको म्याद थप भएको रौतहट प्रहरीले जनाएको छ।

    images

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी विष्णु प्रदीप बस्यालले अदालतले ५ दिन हिरासत राखेर अनुसन्धान गर्न म्याद लिएको जानकारी दिए। एकातिर बालिकालाई किचेर मारिएको घटना छ भने अर्कातिर उम्मेदवार र उनको पार्टी वक्तब्यबाजीमा ब्यस्त छ्न्।

    बिहीबार दिउँसो २ बजेतिर रौतहटको इशनाथ नगरपालिका–३ मठिया टोलमा चार वर्षीया बालिका अल्फा खातुनलाई गाडीले किच्दा उनको ज्यान गएको थियो।

    उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरको नाममा रहेको पाइएको छ। उनकै चुनावी प्रचारमा खटिएका बेला दुर्घटना भएको थियो। घटनापछि स्थानीय आक्रोशित बनेका छ्न्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend